अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ।दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ ।यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न आप्रवासी समुदायका परिवार प्रभावित हुन सक्नेछन् । विशेषगरी आफ्ना वृद्ध बाबुआमालाई अस्ट्रेलिया ल्याएर आफूसँगै राख्न चाहने परिवारलाई यसले प्रत्यक्ष असर पार्न सक्छ।

 

अभिभावक भिसा बन्द गर्ने प्रस्ताव

वान नेसनले हालको स्थायी अभिभावक भिसा कार्यक्रम खारेज गरी त्यसको सट्टा परिवारले आर्थिक जिम्मेवारी लिने गरी अधिकतम १२ महिनासम्मको अस्थायी भिसाको व्यवस्था गर्न सकिने प्रस्ताव गरेको छ ।ह्यान्सनका अनुसार अभिभावकलाई अस्ट्रेलिया ल्याउने जिम्मेवारी सरकारको नभई सम्बन्धित परिवारको हुनुपर्नेछ ।हाल अभिभावक भिसाका लागि करिब एक लाख ५० हजार आवेदन प्रतीक्षामा रहेको बताइएको छ। प्रस्ताव लागू भए प्रतीक्षामा रहेका आवेदनको शुल्क फिर्ता गर्ने र अन्य वैधानिक भिसा विकल्प नभए अस्ट्रेलियामा रहेका केही आवेदकले समेत देश छाड्नुपर्ने अवस्था आउन सक्ने वान नेसनको प्रस्ताव छ।

शरणार्थीको संख्या ९० प्रतिशत घटाउने

 

वान नेसनले अस्ट्रेलियामा प्रत्येक वर्ष स्वीकार गरिने शरणार्थीको संख्या २० हजारबाट घटाएर दुई हजारमा सीमित गर्ने प्रस्ताव पनि सार्वजनिक गरेको छ ।यो प्रस्ताव लागू भए हालको वार्षिक शरणार्थी कोटामा ९० प्रतिशत कटौती हुनेछ। दलले आफ्नो नयाँ आप्रवासन नीतिबाट आगामी १० वर्षमा सरकारी बजेटमा करिब १०० अर्ब अस्ट्रेलियन डलर बचत हुने दाबी गरेको छ।

सरकार र आप्रवासी समुदायबाट आलोचना

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अभिभावक भिसा अन्त्य गर्ने प्रस्तावले यहाँका बहुसांस्कृतिक समुदायका धेरै परिवारलाई गम्भीर असर पार्ने बताँउनु भएको छ।गृहमन्त्री टोनी बर्कले पनि अभिभावकलाई अस्ट्रेलिया ल्याउन नपाउने अवस्थाले स्वास्थ्य सेवा र वृद्ध हेरचाह क्षेत्रमा दक्ष कामदार आकर्षित गर्न कठिन हुने बताँउनु भएको छ।अस्ट्रेलियाको वर्तमान सरकारले वार्षिक २० हजार शरणार्थी स्वीकार गर्ने नीति कायम राख्ने जनाएको छ भने विपक्षी गठबन्धनले त्यसलाई घटाएर १० हजारमा सीमित गर्ने प्रस्ताव गरेको छ ।वान नेसनको यो घोषणा राजनीतिक प्रस्ताव मात्र हो। हालसम्म यो सरकारी नीति वा लागू भइसकेको कानुन होइन। त्यसैले अभिभावक भिसा तत्काल बन्द भएको भन्नेगरी बुझ्न नहुने सरकारी अधिकारीहरुको भनाइ छ ।तर प्रस्ताव कार्यान्वयन भए अस्ट्रेलियामा रहेका नेपाली तथा अन्य आप्रवासी परिवारले आफ्ना वृद्ध बाबुआमालाई स्थायी रूपमा अस्ट्रेलिया ल्याउने योजनामा ठूलो परिवर्तन गर्नुपर्ने अनुमान गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त

दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ को मृत्यु, ७ घाइते

काठमाडौं,३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज९विहीबार० बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको

बाढीका कारण गोरखाको सोति–मान्बु पुल अवरुद्ध

काठमाडौं ,३ मंसिर। बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा

भद्रपुरमा कुटाकुट हुँदा तीन घाइते, दुई मोटरसाइकल नियन्त्रणमा

भद्रपुर , ३ मंसिर । भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।गएराति १०ः३० बजे भद्रपुर ५ सुन्दरबस्ती बस्ने ३९ वर्षीय अजय हरिजनको

बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, चालक फरार

झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको