संरक्षण र प्रवर्द्धनमा भने कमजोर

हिमाल, चौँरीगोठ र सूर्यास्तको मनमोहक दृश्य, पर्यटकको रोजाइमा पाँचथरको चारराते

नेपाल, भारतको सिक्किम र भुटानसम्मका हिमालको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल क्यामेरामा निकै नजिकबाट खिच्न सकिन्छ।

पाँचथर। ६ मंसिर | फराकिला हरिया पाटन, चिसो सिरेटोमा चरिरहेका चौँरी र भेडाका बथान, आँखैअगाडि उभिएझैँ देखिने हिमाल अनि क्षितिजमा हराउँदै गरेको घाम। प्रकृतिका यी अनुपम दृश्यले पाँचथरको चारराते क्षेत्रलाई पर्यटकको आकर्षक गन्तव्य बनाएको छ।

समुद्र सतहदेखि ३ हजार ५०० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ स्थित चाररातेमा पछिल्लो समय नेपाल र भारतबाट पर्यटकको घुइँचो लाग्न थालेको छ। अहिले दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक पुग्ने गरेको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राई बताउनुहुन्छ।

चाररातेको विशेष आकर्षण यहाँबाट देखिने सूर्यास्त र हिमशृङ्खला हो। नेपाल, भारतको सिक्किम र भुटानसम्मका हिमालको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल क्यामेरामा निकै नजिकबाट खिच्न सकिन्छ। चौँरी तथा भेडीगोठको मौलिक जीवनशैली र फराकिला पाटनमा रमाउने अवसरले पनि पर्यटकलाई लोभ्याउने गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु