नयाँदिल्ली। ६ मंसिर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को स्वागतका लागि भारतको राजधानी नयाँदिल्ली सजिएको छ।
शहरका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका क्रममा उहाँले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उहाँ सोमबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।










