अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।एन् एस् डब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उहाँलाई तीन वर्ष कैद सजाय सुनाएको हो । अदालतले एक वर्षको गैरप्यारोल अवधि (न्यूनतम जेलमा बस्नुपर्ने अवधि) तोकेको छ । अर्थात्, उहाँले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ ।

 

अदालतमा प्रस्तुत प्रमाणअनुसार सन् २०१३ देखि २०१५ सम्म म्याग्वायरले सांसद पदमा रहँदै चीनका १० जना नागरिकका लागि झुटा रोजगारी विवरणसहित भिसा आवेदन तयार पार्ने षड्यन्त्रमा सहयोग गर्नु भएको थियो।अदालतमा भएको सुनुवाइका क्रममा उहाँले एनएसडब्लुको रिभरिना क्षेत्रका विभिन्न व्यवसायीहरूसँग सम्पर्क गरी चिनियाँ नागरिकलाई रोजगारी दिने प्रायोजनका लागि व्यवसायहरू खोज्न सहयोग गरेको खुलासा भएको थियो ।ती व्यवसायहरूले वास्तविक रूपमा रोजगारी दिने योजना नभए पनि भिसा प्रयोजनका लागि कामदारलाई कर्मचारीका रूपमा देखाउने व्यवस्था गरिएको थियो। यस प्रक्रियामा व्यवसायीहरूलाई नगद रकमसमेत दिइएको अदालतमा प्रस्तुत प्रमाणले देखाएको थियो ।

 

न्यायाधीश इयान बोर्कले म्याग्वायरले उक्त योजनाको योजना निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको ठहर गर्नु भएको छ ।म्याग्वायर सन् १९९९ देखि २०१८ सम्म करिब २० वर्ष वागा वागा क्षेत्रबाट एन् एस् डब्ल्यू संसदमा प्रतिनिधित्व गर्नु भएको थियो। उहाँ लिबरल पार्टीका सांसद हुनुका साथै सरकार र प्रतिपक्ष दुवै समयमा संसदीय सचेतक (ह्विप) को जिम्मेवारीमा समेत रहनु भएको थियो ।यसअघि उहाँ एन् एस् डब्ल्यूका पूर्व मुख्यमन्त्री ग्लेडिस बेरेजिक्लियनसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आँउनु भएको थियो । उक्त भिसा प्रकरणमा बेरेजिक्लियनको संलग्नता रहेको आरोप भने लगाइएको छैन ।

 

म्याग्वायरका कानुनी प्रतिनिधिले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने संकेत गरेका छन् । पुनरावेदनको प्रक्रिया चलिरहँदा जेलबाहिर बस्न पाउनुपर्ने उहाँको जमानत निवेदनसमेत अदालतले अस्वीकार गरेको थियो । फैसलापछि उहाँलाई अदालतबाटै हिरासतमा लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु