अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका यात्रुहरूको यहाँ भव्य स्वागत गरिएको छ।प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको यस विशेष रेल सेवाको पहिलो यात्रा अन्तर्गत अयोध्याबाट आएका हजारभन्दा बढी तीर्थयात्री तथा पर्यटकहरूलाई जनकपुरधाम रेल्वे स्टेसनमा न्यानो आतिथ्य प्रदान गरिएको हो।

 

स्वागत कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, श्रममन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह लगायत स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।अतिथिमूलक झाँकी, बाजागाजा र मिथिलाको सांस्कृतिक परम्परा अनुसार रेलबाट र्ओलेका यात्रुहरूलाई स्वागत गरिएपछि जनकपुरधाममा विशेष उत्सवको माहोल बनेको छ।

 

भारतको अयोध्याबाट छुटेर उत्तर प्रदेश र बिहारका विभिन्न स्टेसन हुँदै करिब ६०४ किलोमिटरको दूरी पार गरेर आएको यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक ‘बेटी—रोटी’ सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ। यस ऐतिहासिक रेल सेवाको सुरुवातसँगै दुई देशबीचको धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत नयाँ ऊर्जा थपिएको छ।(तस्विरहरु)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका

शिवसताक्षीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी ११ बस्ने ६१

उपचारका लागि लगिएका कैदी अस्पतालबाट फरार

झापा, ८ मंसिर । झापा कारागारबाट उपचारका लागि मोरङ लगिएका झापा भद्रपुरका एक युवक अस्पतालबाट फरार भएका छन् ।फरार हुनेमा भारत पश्चिम बंगाल अछाम घर

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री