दमक,मंसिर ८। दमकका प्रथम नागरिक धिमाल जातीहरूलाई लाईफ लाइन अस्पताल दमकले दिने सेवामा २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।लाईफ लाइन अस्पताल र धिमाल जातीय विकास केन्द्र प्रमुखहरू बीच सोमबार भएको सम्झौता पत्रमा सो सहमति भएको हो ।अस्पताल परिसरमा भएको छोटो कार्यक्रममा अस्पतालका अध्यक्ष बालचन्द सुब्बा,सञ्चालक समिति सदस्य भीम प्रसाद पौडेल तथा धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्य वाहक अध्यक्ष केदार धिमाल र प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति दमकका सहअध्यक्ष साथै पूूर्व उपमेयर मोहन धिमालले सम्झौता पत्रमा सर्युत्त रूपमा हस्ताक्षर गर्नु भएको हो ।
स्वास्थ्य शिविर,सचेतना कार्यक्रम र अस्पतालमा अधययनरत्त विधार्थी बीच सास्कृतिक ,शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने लगायत बुदा सहमित भएको अस्पतालका कर्मचारी सिमिक गिरीले जानकारी दिनुु भयो ।
सम्झौता कार्यक्रममा सहभागी मोहन धिमाल र सल्लाहकार कृण्ण धिमाल राखेको जिज्ञासाको जवाफ अस्पतालका अध्यक्ष सुब्बा ,सञ्चालक डा. सूर्य नारायण शाहले दिनु भएको थियोे ।










