दमक, ८ मंसिर । लागूऔषधसहित झापाको दमकमा तीनजना कारोबारी पक्राउ परेका छन् । सोमबार राति ९ः३० बजे दमक ९ प्रधान टोल बस्ने २५ वर्षीय युनिक श्रेष्ठले लागूऔषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले काठमाडौ १० बस्ने २५ वर्षीय साहिल के।सी। र युनिक श्रेष्ठ समेतलाई उनको घरकोठामा फेला पारी खानतलासी गर्दा के।सी।को दाहिने हातमा पोका पारी लुकाई राखेको अवस्थामा लागूऔषध फेला परेको थियो ।
प्लाष्टिकसहित ४ ग्राम ५५० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ६५० मिलिग्राम फेला पारी उनीहरुलाई प्रारम्भिक सोधपुछ गर्दा सो लागूऔषध दमक ५ गुँरास टोल बस्ने ४९ वर्षीया गीतादेवी रायसंग किनेर ल्याएको खुल्न आएको थियो । रायलाई डेरामा फेला पारी उनको कोठा र शरीरमा खानतलासी गर्दा सुत्ने कोठामा पोका पारी लुकाई राखेको अवस्थामा प्लाष्टिकसहित १७ ग्राम ६४० मिलिग्राम र प्लाष्टिकबाहेक ७ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।जम्मा प्लाष्टिकसहित २२ ग्राम १९० मिलिग्राम र प्लाष्टिकबाहेक १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगर फेला पारी उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।










