भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा लिपुलेकको विषयमा छलफल नै नभएको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताँउनु भएको छ।सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव मिश्रीले दुई देशबीच लिपुलेकको विषय नउठेको स्पष्ट पार्नु भएको छ।भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने विषयमा प्रधानमन्त्री शाहले आफ्नो आपत्ति राखे कि राखेनन् भनेर पत्रकारले प्रश्न सोधेका थिए।

 

त्यसको जबाफमा मिश्रीले भन्नु भयो, आज लिपुलेकको विषय उठेन। दुई पक्षबीच यसबारे छलफल भएन। तपाईंलाई थाहै छ, लिपुलेक भारत र चीनबीचको एउटा नाका हो। लामो समयदेखि यो नाका दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको छ। अहिलेको स्थिति यही हो।मिश्रीको यो भनाइले प्रधानमन्त्री शाहले भारत भ्रमणअघि सीमा विवादबारे लिँदै आएको अडान र नयाँदिल्लीमा भएको वार्ताबीचको विरोधाभास प्रस्टै उजागर गरेको छ।काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका बालेनले प्रधानमन्त्री बनेपछि पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादमा बेलायतको समेत चासो हुनुपर्ने कुरा संसदमै बोल्नु भएको थियो।

 

यसबारे भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइएको जानकारी दिँदै उहाँले सीमा विवाद सल्टाउन चीन र बेलायतसँग कुरा गरिरहेको बताँउनु भएको थियो।यसबारे भारत र चीनसँग मात्र होइन, बेलायत सरकारसँग पनि हामीले कुरा गरेका छौं, संसदमा कालापानी, लिपुलेकबारे सांसदहरूले सोधेका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री शाहले भन्नु भएको थियो, उहाँहरूले ब्रिटिस इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक र कूटनीतिक माध्यमबाट समाधान हुने जानकारी गराउन चाहन्छौं।बालेनको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री कार्यालयका केही व्यक्तिले बेलायती दूतावाससँग सीमा विवादको ऐतिहासिक पृष्ठभूमि र बेलायतसँग रहेका पुराना नक्सा तथा दस्तावेजबारे चासो राखेको कुरा चर्चामा आएको थियो।

 

तर कालापानी, लिपुलेकबारे भारतलाई कूटनीतिक नोट पठाएको भन्ने र बेलायतसँग संवाद गरिरहेको भन्ने प्रधानमन्त्री बालेनले जोसँग सीमा विवाद छ, उसैसँग भने यो कुरा राख्न सकनु भएन।सोमबार भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तापछि दुवै नेताले आफ्नो सार्वजनिक सम्बोधनमा पनि सीमा विवादबारे एक शब्द बोल्नु भएन।मोदी मात्र होइन, बालेन पनि यसबारे मौन रहनु भयो।सार्वजनिक सम्बोधनमा यो विषय नउठाए पनि दुई देशबीचको वार्तामा प्रधानमन्त्री शाहले लिपुलेकबारे नेपालको अडान राख्नु भएको थियो कि भन्ने प्रश्न थियो। तर भारतीय विदेश सचिव मिश्रीले वार्तामा समेत लिपुलेकको विषय नउठेको प्रस्ट पार्नु भयो।दुई देशले जारी गरेको २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा पनि सीमा विवादको विषय एक बुँदामै सीमित छ। त्यसमा समाधान हुन बाँकी सीमा विवादमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।यो पनि नयाँ सहमति होइन।

 

सन् २०१४ मै नेपाल र भारतले कालापानी र सुस्ताको सीमा विवाद समाधान गर्ने जिम्मेवारी परराष्ट्र सचिवहरूलाई दिएका थिए।तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा कालापानी र सुस्ता लगायत समाधान हुन बाँकी सीमा विवादमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको थियो।बाह्र वर्षपछि बालेन र मोदीले त्यही जिम्मेवारी दोहोर्‍याउनु भएको छ।अझ सन् २०१४ को संयुक्त वक्तव्यमा त कालापानी र सुस्ताको नामै उल्लेख थियो। यसपालिको विज्ञप्तिमा विवादित भूभागहरूको नामसमेत परेको छैन। विवाद समाधान गर्ने नयाँ कार्ययोजना वा समयसीमा पनि तोकिएको छैन।नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। त्यसमध्ये कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद सबभन्दा संवेदनशील छ।

 

सन् १८१६ को सुगौली सन्धि अनुसार काली नदीभन्दा पूर्वको भूभाग आफ्नो भएको नेपालको दाबी छ। नेपालले लिम्पियाधुराबाट निस्कने नदीलाई काली नदीको मूल धारा मान्दै आएको छ। भारतले भने नेपालको यो दाबी स्वीकार गरेको छैन।सन् २०१९ नोभेम्बरमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएपछि नेपालले विरोध जनाएको थियो। त्यसको अर्को वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ती भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्‍यो। संसदले संविधान संशोधनमार्फत त्यसलाई संविधानको अनुसूचीमा समावेश गर्‍यो।भारतले भने नेपालको नयाँ नक्सा स्वीकार गरेको छैन।यसबीच सन् २०२३ जुनमा प्रचण्डको भारत भ्रमण क्रममा पनि सीमा विवादको विषय सार्वजनिक रूपमा उठेको थियो। प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा मोदीसँग सीमा विवादबारे छलफल भएको बताँउनु भएको थियो। मोदीले पनि सीमा विवाद लगायत दुई देशबीचका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाँउनु भएको थियो।

 

त्यति बेला जारी द्विपक्षीय विज्ञप्तिमा भने सीमा विवाद समाधानसम्बन्धी नयाँ सहमति उल्लेख थिएन। तर दुवै प्रधानमन्त्रीले सार्वजनिक सम्बोधनमै यो विषय उठाएका थिए।यसपटक उल्टो भएको छ।बालेन र मोदीले सार्वजनिक सम्बोधनमा सीमा विवादको कुरा गर्नु भएन। संयुक्त विज्ञप्तिमा भने सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी सीमा विवादमा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।यो निर्देशन पनि सन् २०१४ कै निरन्तरता हो। यसरी १२ वर्षअघि नाम किटेर समाधान गर्न भनिएको विवाद अहिले नाम समेत उल्लेख नगरी पुरानै संयन्त्रको जिम्मामा आएको छ।सोमबारको पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव मिश्रीले सीमा विवाद समाधानका निम्ति यसअघि नै विभिन्न तहका संयन्त्र रहेको उल्लेख गर्नु भयो।

 

उहाँले पछिल्ला वर्षहरूमा विवाद नरहेका सीमा क्षेत्रमा सीमास्तम्भ मर्मतसम्भार र अतिक्रमणसम्बन्धी उजुरीको छानबिन लगायत प्राविधिक काममा राम्रो प्रगति भएको बताँउनु भयो।समाधान हुन बाँकी सीमा विवादका सम्बन्धमा भने उहाँले निकट भविष्यमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न सक्ने बताँउनु भयो। त्यस्तो बैठक कहिले बस्छ भन्नेबारे उहाँले केही खुलाउनु भएन।प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले सीमा विवाद समाधान निम्ति हासिल गरेको उपलब्धि अहिलेसम्म हेर्दा १२ वर्षअघिको सहमति नवीकरण गर्नु मात्र देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।

लाईफ लाइनले प्रथम नागरिक धिमाल जातीलाई सेवामा ठूलो छुट दिने

दमक,मंसिर ८। दमकका प्रथम नागरिक धिमाल जातीहरूलाई लाईफ लाइन अस्पताल दमकले दिने सेवामा २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।लाईफ लाइन अस्पताल र

कोशीका मुख्यमन्त्री कार्की र स्विस राजदूतबिच भेटवार्ता

विराटनगर ,८ मंसिर। स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ ।भेटघाटमा दुई

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका

शिवसताक्षीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी ११ बस्ने ६१