गौरादह, ११ मंसिर । आफ्नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३ वर्षीय दुर्गाप्रसाद भट्टराईले आफ्नै घरको गोठबाट गाई बाहिर निकाली बाँध्ने क्रममा गाई अचानक उहाँमाथि नै चढेको थियो ।घाइते भट्टराईको नयाँ आम्दा अस्पताल( खरखरे) दमकमा उपचार भइरहेको छ । उहाँको नाक, मुख र आँखामा चोट लागेको छ । उहाँको अबस्था बोल्न नसक्ने गम्भीर रहेको छ । घटनास्थलमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।










