गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते हुनु भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनापछि फरार रहेका स्कार्पियो र चालकको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट सवारीसाधनको पहिचान गरेको थियो। त्यसपछि मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बाह्रबिघामा बस्ने करिब ४२ वर्षीय बिहारी महरा रहेका छन् । प्रहरीले उनलाई बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कार्पियोसहित नियन्त्रणमा लिएको हो ।पक्राउ परेका चालक र स्कार्पियोलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ८७१ महिला सहकर्मीको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

अस्ट्रेलिया,११ मंसिर । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् ।सन्

वीरगन्ज स्थित क्यासिनोबाट नेपालीसहित १२ जना पक्राउ

वीरगन्ज, ११ मंसिर । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस