सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन ३० दिने अल्टिमेटम

मुगु ,११ मंसिर । । सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गरेको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको मातहतमा रहेको सडक डिभिजन जुम्लाले मंसिर ९ गते सार्वजनिक सूचना जारी गर्दै सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई आग्रह गरेको हो ।

 

सडक डिभिजन जुम्लाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको दैलेख खोला–नाग्मा–जुम्ला सडक खण्ड (NH-61) तथा नाग्मा–गमगढी सडक खण्ड (NH-60) को सडक सीमा तथा क्षेत्राधिकार भित्र व्यापारिक मालसामान राख्ने, गाईबस्तु बाँध्ने, सवारीसाधन पार्किङ गर्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने तथा टहरा, छाप्रा, घुम्ती, बार र घेराबार लगायतका संरचना निर्माण गर्ने कार्य नगर्न सूचना मार्फत सचेत गराइएको छ।कार्यालयले सडकको नाली, पेटी तथा अन्य संरचनामा अवरोध पुग्ने गरी सामग्री राख्ने र विभिन्न गतिविधि सञ्चालन गर्दा सवारी आवागमन, सडक सुरक्षा, मर्मत सम्भार तथा निर्माण कार्यमा समस्या भइरहेको जनाएको छ ।

 

सूचनामा सडक सीमा तथा क्षेत्राधिकार भित्र राखिएका सम्पूर्ण माल सामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैँले हटाई सडक क्षेत्र खाली गराउन अनुरोध गरिएको छ ।त्यस्तै, आगामी दिनमा समेत सडक सीमा तथा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका संरचना निर्माण गरी अवरोध सिर्जना नगर्न आग्रह गरिएको छ ।तोकिएको अवधि भित्र सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुनबमोजिम अनधिकृत संरचना र अवरोध हटाउने तथा भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय बाट अघि बढाइने सूचनामा उल्लेख छ।कार्यालयले त्यस्ता संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुलउपर गरिने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसमा दुई धारको समानान्तर गतिविधि, आधिकारिकता र कारबाहीको होड

काठमाडौं,११ मंसिर । नेपालको पुरानो पार्टी नेपाली कांग्रेसका यतिबेला दुई धारमा विभाजित छ । दुवै पक्षले समान्तर गतिविधि गरिरहेका छन् । दुई पक्षका नेताहरु एकअर्काको

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन ३० दिने अल्टिमेटम

मुगु ,११ मंसिर । । सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी

अस्ट्रेलियामा ८७१ महिला सहकर्मीको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

अस्ट्रेलिया,११ मंसिर । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् ।सन्

वीरगन्ज स्थित क्यासिनोबाट नेपालीसहित १२ जना पक्राउ

वीरगन्ज, ११ मंसिर । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई

गोलबजार दुर्घटनाका फरार स्कार्पियो चालक पक्राउ

सिरहा ,११ मंसिर। सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न