रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरी पठाउने निर्णय गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा सम्पन्न भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तहबाट सिफारिस भई आएका बेपत्ता व्यक्तिको आवश्यक कागजात सहित विवरण प्राधिकरणमा पठाउने र हालको विपद् व्यवस्थापन कोषमा मौज्दात रकम अपुग हुने भएकाले थप राहत रकम माग गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिनु भयो ।

 

बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र रामधुनी नगरपालिकाका बासिन्दा रहेका छन् ।अधिकांश रसुवा मानसरोवर तीर्थयात्रामा जाँदै गरेका, रसुवा टिमुरे तथा अध्यागमन कार्यालय आसपास रहेका र विभिन्न जलविद्युत् आयोजना, होटेल तथा निर्माण कार्यमा कार्यरत व्यक्ति रहेको उहाँले बताँउनु भयो ।त्यसै गरी बाढीपहिरो तथा पूर्वाधार क्षति व्यवस्थापन तर्फ धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको बाढीले आमबोटे क्षेत्र कटान गरी तल्लो भागमा पहिरो जाँदा धान खेत, बस्ती र व्यावसायिक कृषि फार्म जोखिममा परेको भन्दै नियन्त्रणका लागि लागत अनुमान सहित बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगरलाई पत्राचार गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले बताँउनु भयो।

 

यसैगरी बर्जु–४, छरहडी–५, ६ हुँदै इलाका प्रहरी कार्यालय गढी–इटहरी सडक बहुवर्षीय योजना अन्तर्गत दुहबी नगरपालिका–१० चरैया इँटाभट्टा स्थित टेङ्ग्रा खोलाको बाढीले भत्काएको टेवा पर्खाल पुनः निर्माणका लागि आवश्यक बजेट माग गर्दै प्रदेश विपद् व्यवस्थापन समितिमा सिफारिस पठाउने निर्णय भएको उहाँले जानकारी दिनु भयो ।जिल्ला ट्राफिक कार्यालय धरानको कार्यालय भवन निर्माणका लागि धरान–८ तीनकुने स्थित कोशी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको चौरास्तामा रहेको लाङ्घाली सामुदायिक वन क्षेत्रको २ बिघा जग्गा प्रयोग गर्न विपद्का तर्फबाट समस्या नरहेको व्यहोरा सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ अर्यालले जानकारी दिनु भयो ।त्यसै गरी चिसो मौसम र शीतलहरूलाई ध्यानमा राख्दै रुघा, खोकी, झाडापखाला र निमोनिया जस्ता स्वास्थ्य समस्याबाट जोगिन जिल्ला अस्पताल सुनसरी लगायत स्थानीय स्वास्थ्य संस्था मार्फत निःशुल्क औषधि सहज वितरणको व्यवस्था मिलाइने छ ।

 

स्थानीय तहका एम्बुलेन्स तयारी अवस्थामा राख्ने, सचेतना मूलक सूचना प्रसारण गर्ने, आगो ताप्ने घुरबाट हुने आगलागी तथा चोट पटक रोक्न दमकल तयारी राख्ने र डिभिजन वन कार्यालयको समन्वयमा सहुलियत दरमा दाउरा उपलब्ध गराई आवश्यक स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाइने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।त्यसै गरी जङ्गली हात्तीको परम्परागत कोरिडोर सहज बनाई मानव तथा सम्पत्ति क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षा निकायहरूलाई विपद् उद्धार सामग्री तथा दक्ष जनशक्तिको अद्यावधिक नामावलीसहित तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालयले बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा

रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

स्रोत भएर पनि शिक्षामा पछाडि मधेश : दोषी को ?

काठमाडौँ,१२ मंसिर । कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित

दमकमा ४४ करोड ३६ लाखभन्दा बढीको खानेपानी आयोजना सम्झौता

दमक,१२ मंसिर । झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार