झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनलअघि दुवै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने बताएका छन् ।फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले आर्मीसँगको प्रतिस्पर्धाका लागि आफ्नो टोली तयार रहेको बताँउनु भयो । परिचित प्रतिद्वन्द्वी भएकाले दुवै टोली एकअर्काको रणनीतिबारे जानकार रहेको उहाँको भनाइ छ ।‘हामी फाइनल खेलका लागि तयार छौँ । आर्मी परिचित टिम हो । हामीलाई उनीहरूको रणनीति थाहा छ, उनीहरूलाई पनि हाम्रो रणनीति थाहा हुन्छ,’ पाण्डेले भन्नु भयो ।

 

एपिएफकी कप्तान रेनुका नगरकोटीले नियमित कप्तान अनिता बस्नेतको अभाव महसुस भइरहेको बताँउनु भयो। नयाँ खेलाडीहरूसँग समन्वय गर्दा केही चुनौती भए पनि टोलीले राम्रो माहोल बनाउँदै उत्कृष्ट प्रदर्शन गर्ने उहाँको भनाइ छ ।आर्मीकी कप्तान दिपा राईले अन्य टोलीको तुलनामा कमजोर प्रतिस्पर्धाका कारण दर्शकको उपस्थिति र खेलप्रतिको आकर्षण कम भएको हुनसक्ने बताँउनु भयो।आर्मीका प्रशिक्षक राजु तामाङले एपिएफसँगको प्रतिस्पर्धा आफ्ना लागि नयाँ नभएको बताँउनु भयो । यसअघि तीनपटक आमनेसामने हुँदा दुई खेलमा पराजित र एक खेलमा विजयी भएको उल्लेख गर्दै उहाँले यो चौथो भेट भएको जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक, स्ट्राइकर र गोलकिपरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा

रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

स्रोत भएर पनि शिक्षामा पछाडि मधेश : दोषी को ?

काठमाडौँ,१२ मंसिर । कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित

दमकमा ४४ करोड ३६ लाखभन्दा बढीको खानेपानी आयोजना सम्झौता

दमक,१२ मंसिर । झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार