किसानका मुद्धामा उम्मेदवारको एजेण्डा

किसानको कस्ट महसुस गर्ने देवराज घिमिरे, झापा २ मा बनाउँदै आधुनिक कृषि केन्द्र , मल र सिचाईको समस्या समाधानमा नितिगत सुधार गरिने

झापा|
नेपाल कृषिप्रधान देश हो । कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक विकास र समृद्धिको मेरुदण्डका रुपमा लिइन्छ । समग्र विकासको परिभाषाभित्र कृषि र पशुपंक्षीको विकास पनि पर्दछ । त्यसैले सरकारले पनि कृषि तथा पशुपालनका क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आएको छ । कृषकलाई कृषि तथा पशुपालनमा आर्कषण गर्न, कृषिको आधुनिकीकरण गरी उत्पादकत्वलाई बढवा दिन स्थानीय तहरुले तथा निर्वाचन क्षेत्रकाका नेतृत्वहरुले विभिन्न योजना र कार्यहरु गर्दै आएका छन् । झापाका संसदीय निर्वाचन क्षेत्र हरु मध्ये झापा २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १-९ , कनकाई नगरपालिकाको ८ र ९ र बुद्धशान्ति गाउँपालिकाको १-३ लगायतका वडाहरू समावेश गरिएको छ । यो क्षेत्रमा कृषकहरुको जीवनस्तर उकास्ने देखी कृषिलाई आधुनिकीकरण गर्न विविध कार्यहरु गर्दै आए पनि अझै पर्याप्त विकाश हुन सकिएको छैन ।

हुनत् यो निर्वाचन क्षेत्र पूर्वकै प्रमुख व्यापारिक केन्द्र मानिएको बिर्तामोड नगरपालिका समेत रहेको क्षेत्र हो , त्यस्तै अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको १-३ कनकाई नगरपालिकाको ८ र ९ का नागरीकको प्रमुख पेषा नै कृषि रहेको छ । यस क्षेत्रमा खासगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत कृषक समुहहरुमा आलु, फापर, तोरी, च्याउ, तरकारी, धानको पकेट कार्यक्रम संचालनमा ल्याइएको छ  भने साना सिंचाई कार्यक्रम मार्पmत मोटर बोरिङ्ग गाड्ने, यान्त्रिकीकरण तर्पm कृषक समुहहरुलाई पावर टिलर वितरण कार्यक्रम सम्पन्न भएको छ । तर त्यो पर्याप्त अझै हुन सकेको छैन ।

आगामि निर्वाचनमा यस्ता प्रकारका किसानका लागी खास कार्यक्रम आउन सके किसानहरुले अझ आधुनिकरण र व्यवसायिक खेती गर्ने थिए
मुलत यस क्षेत्रमा पर्ने यहाँका किसानहरु अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका मा सुपारी व्यवसायिक रुपमा खेती हँुदै आए पनि यहाँका किसानले अझै पनि बारको समस्या झेल्दै आएका छन । सुपारी सँगै धान मकै पनि यहाँको प्रमुख खेती हो तर रासायनिक मल अभावकाका कारण किसानलै सास्ति बेहोर्दै आएका छन । यी र यस्ता समस्यालाई नजिकैबाट नियालीरहनु भएका यस क्षेत्रका प्रतिनिधीसभाका उम्मेदवार देवराज घिमिरेले प्रण गर्नु भएको छ र कृषि पेषालाई एक व्यसायीक क्षेत्र बनाउने संकल्प गर्नु भएको छ ।

भिडियोमा हेरौ

https://www.facebook.com/TheUjyaalokhabar/videos/6031838453495835

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य