नाफा बाड्दै सहकारी

सहारा सहकारीले १६ प्रतिशत नाफा बाड्ने

दमक/
देशभर सहकारीहरु जटिल समस्यामा गुज्रिरहेको बेला झापाको एक सहकारीले आफ्ना सदस्यलाई १६ प्रतिशत नाफा बाड्ने भएको छ ।
झापा चारपानेमा केन्द्रिय कार्यलय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (सहारा साकोस) ले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत नाफा बाड्ने भएको हो । देशभर तरलता अभावसँग धेरै सहकारीहरु जुधिरहेको बेला आफ्नो बित्तिय अवस्था मजबुत रहेको भन्दै सहाराले गत बर्षको नाफाबाट सो बराबरको नाफा बाड्न प्रस्ताव गरेको हो । अहिले सहाराका बिभिन्न सेवा केन्द्रहरुमा गरिरहेको साधारणमा सभामा प्रस्तुत गरिएको बार्षिक प्रगति प्रतिबेदनमा सो कुरा उल्लेख गरिएको छ ।

सहकारीका सदस्य सचिव तथा सिइओ महेन्द्र कुमार गिरीद्धारा प्रस्तुत बार्षिक निति तथा कार्यक्रममा शेयर सदस्यलाई १६ प्रतिशत नाफा बाड्नुको साथै संरक्षित पुँजीकोषको रकमबाट सुबिधा बितरण गरिने उल्लेख छ ।

सहाराका बिभिन्न जिल्लाहरुमा अहिले सेवा तथा उपसेवा केन्द्रहरुको साधारण सभा चलिरहेको छ । त्यस अन्तर्गत दमकमा शुक्रबार ८ वटा सेवा तथा उपसेवा केन्द्रहरुको साधारण सभा सम्पन्न भयो । यहाँ दमक, मंगलबारे, पथरी, सिजुवा, रंगेली, रमाईलो, गौरीगंज र गौरादहको एकसाथ साधारण सभा सम्पन्न भएको छ ।
सभामा सहाराका संचालक शंकर प्रसाद रिजालले अध्यक्षको प्रतिबेदन, संचालक बिन्दु श्रेष्ठले निति तथा कार्यक्रम प्रतिबेदन, लेखा सुपरिबेक्षण संयोजक उपेन्द्र प्रसाद ओलीले लेखा प्रतिबेदन र गोपाल भट्टराईले अडिट रिपोर्ट सार्वजनिक गरेका थिए ।

 

दमक नगरपालिकाका उप-प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व सहाराका कोषाध्यक्ष डम्बर देउजाले गरेका थिए । दमक सेवा केन्द्रका प्रमुख डम्बर प्रधानद्धारा संचालित कार्यक्रममा दमक सेवा केन्द्रका संयोजक केपी भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।

सहाराले झापा, मोरङ, सुनसरीसहित ६ जिल्लामा रहेका ८० भन्दा बढी सेवा केन्द्रमार्फत आर्थिक कारोबार गरिरहेको छ । कार्तिक मसान्तसम्म सहारामा १ लाख ६० हजार सदस्य, १ अर्व ६३ करोड शेयर पुँजी, बिभिन्न कोषहरुमा २ अर्व, तरलता रकम १ अर्व ८८ करोड, १२ अर्व ५४ करोड ऋण लगानी रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु