दमक /
दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमकमा अबको एक हप्ताभित्रमा जग्गाको कित्ताकाट खुल्ने बताउनु भएको छ ।
नगरपालिका महासंघको कार्यक्रममा सहभागी हुन काठमाडौ जानू भएका नगर प्रमुख थापाले काठमाडौ स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गएर यस सम्बन्धिको समस्या राखेपछि मन्त्रालय सकारात्मक बनेको र यसकालागी काम गर्न तयार रहेको उहाले टेलिफोन मार्फत उज्यालो खबरलाई जानकारी दिनु भयो ।
“मन्त्रालयका उप सचिव काजी बहादुर विष्ट संग भेट गरेर कित्ता काट बन्द भएका कारण परेको असर र यसले अर्थतन्त्रमा पारिरहेको प्रभाव बारे जनताकै बोली र भाषामा प्रस्ट पारेका छौ , उप सचिवज्युले समस्या समाधानमा आफुले खेल्ने भुमिका सकारात्मक हुने बताउनु भएको छ ।” थापाले बताउनु भयो ।
मन्त्रालयका तर्फबाट सुधार गर्नु पर्ने केही प्राबिधिक काम बाकी रहेको र त्यो केही दिनभित्रैमा हल गर्ने आश्वासन पाएको छलफलमा सहभागी नगरकी उप -प्रमुख रेगिना भट्टराई प्रसाईंले जानकारी दिनु भयो ।
एक साता भित्रमा आफुहरु दमक आउने र यसको समाधान पनि साथमै लिएर आउने नगर प्रमुख थापाले बिश्वास दिलाउनु भएको छ ।









