को बन्ला नयाँ अध्यक्ष

दमक उद्योग वाणिज्य सघं आसन्न निर्वाचन : गोपाल भोट माग्दै, बिमल माहोल बनाउँदै

दमक/
दमक उद्योग वाणिज्य संघको निर्वाचन आउँदै छ । पुष २२ गते ३१ औ साधारणसभा र माघ ६ गते निर्वाचनको मिती तय गरिएको छ ।
दमकमा यहाँको स्थानिय तहको निर्वाचन पछि वाणिज्य सघंको निर्वाचनलाई निकै चासो र शक्तिको रुपमा पनि हेर्ने गरिएको छ ।

खासगरि यो सस्था व्यापार , व्यवसाय र उद्योगमा आवद्ध भएकाहरुको हो । तर यहाँ निकै घम्साघम्सी सहित निर्वाचन मार्फत नै नेतृत्व आउने गरेका छन् । त्यो पनि राजनैतिक प्यानल सहित ।

अघील्लो पटकको निर्वाचनमा यहाँ दुई वटा प्यानल बनेर निर्वाचन भएको थियो । परिणाम मिश्रित आयो । यद्यपी नेतृत्व भने नेपाली काग्रेस अर्थात लोकतान्त्रीक व्यापारीक समुहको छ । केहि पदाधिकारी र सदस्यहरु एमालेमा आस्था राख्ने ब्यापारीहरु अहिले यहाँ हुनुहुन्छ ।

निकै चासो र महत्वका साथ हेरिएको दमक उद्योग वाणिज्य सघंको निर्वाचनमा पनि योे पटक पनि दुई वटा प्यानल आउने सम्भावना छ । तर अहिलेको आर्थिक परिस्थितीलाई बुझ्ने हो भने सर्व-सहमतीबाट पनि नेतृत्व र पदाधिकारी चयन हुने सम्भावना पनि उत्तीकै छ ।

सघंमा सदस्यता लिएका र यसको नविकरण गरेका सदस्यहरुलाई वर्गिकरण गर्दा नेपाली काग्रेसमा आस्था राख्नेहरुको बाहुल्यता छ । एमाले दोस्रो स्थानमा छ । तर स्वतन्त्र व्यापारीको संख्या पनि कमी छैन । यस्तो परिवेशमा दमकका ब्यापारीक नेताहरु प्यानल बनाएर चुनावमा होमिने तयारी गरेका छन् ।

 

केन्द्रिय राजनितीमा भएको गठबन्धननै देशभरका सार्वजनिक सघं सस्था सम्म राजनैतिक समिकरण हुँदै आएको छ । यस अर्थमा दमकका एमाले सहित माओवादी केन्द्र, राप्रपा र अन्य साना दलमा आवद्धहरु एमाले नेतृत्वमा चुनावमा जाने तयारी गरिरहेका छन् भने यो पटक नेपाली काग्रेस भने करिव एक्लो हुने स्थिती छ ।

यस अघी सम्म निर्वाचन मार्फत एमाले बाट उम्मेदवार बनेकाहरु नेतृत्वमा पुगेका छैनन । यस अघीको निर्वाचनमा बिमल खतिवडा पराजीत हुनु भयो । त्यस अघी एमाले पार्टिमा आवद्ध र तर वाणिज्य सघंको निर्वाचनमा स्वतन्त्र भन्दै राजेन्द्र ढकाल, बिमल खतिवडा र यूवराज घिमिरेको समुह नेतृत्व सहित पदाधिकारीमा निर्वाचीत भएका थीए । पार्टिगत रुपका उम्मेदवार गणेश बस्नेतको प्यानल हुँदा हुँदै पनि यी समुहले त्यसबेला पार्टि उम्मेदवारलाई बहिस्कार गरेर चुनावमा होमिएका थीए र चुनाव पनि जीतेका थीए ।

तर स्वतन्त्रबाट जसरी चुनाव जीते त्यसै गरि नै बिमल र यूवराजले अघिल्लो पटक चुनाव जीत्नु भएन । उहाँहरु त्यसबेला पार्टिको उम्मेदवारको रुपमा चुनावमा होमिनु भएको थियो ।

यो पटक एमालेमा दुई जनाको अध्यक्षको दावि रहेको छ । यद्यपी पार्टिले यसपटक भने कुनै हस्तक्षेप नगर्ने जनाइसकेको छ । आन्तरिक सहमतीबाट गरिएको निणर्यलाई पार्टिले समर्थन गर्ने श्रोतले जनाएको छ ।

बिमल खतिवडा र गोपाल गुरागाईले एमाले मार्फत अध्यक्षको दावि गरिरहनु भएको छ । अन्तर पार्टिमा निकै प्रभाव जमाउनु भएका खतिवडा यो पटक पार्टि मार्फत वाणिज्य सघंको अध्यक्षमा उम्मेदवार बन्ने तयारी गरिरहनु भएको छ । उहाँले त्यसकालागि आफ्नो आन्तरिक तयारी गरिरहनु भएको छ ।

पार्टिको नेतृत्व देखी लिएर व्यवसायीहरुको सुझाव लिन उहाँ अहिले निरन्तर बजारमा निस्कनु भएको छ । संघमा एक कुशल नेतृत्वको आवश्यक पर्ने भन्दै उहाँ व्यापारीको मुद्धालाई प्रमुखताका साथ अघी बढाउने गरी अध्यक्षको उम्मेदवारीको दावि गरिरहेको उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।‘म अघील्लो निर्वाचनको उप विजेता हु । निरन्तर ब्यापारीको मुद्धामा लडीरहने एक योद्धा पनि हु । त्यसैले मलाई संगठनले यो पटक पनि अध्यक्षको उम्मेदवार बनाउनु पर्छ । ’ अहिलेको सुस्त ब्यापारीक गतिविधीमा चलायमान ल्याउने योजना बनाएको बताउँदै दमकलाई एक ब्यापारीक केन्द्र बनाउनकालागि आफुले विभिन्न योजना बनाएको खतिवडाले बताउनु भयो ।

यता उहाँजस्तै उम्मेदवार लीननै आन्तरिक संघठनमा प्रतिस्पर्धा गरिरहनु भएका गोपाल गुरागाई आफु निरन्तर पार्टि र संगठन मार्फत बनाइएको एक निर्वाचित उम्मेदवार रहेकोले यो पटक पनि पार्टिको साख बढाउन आफैलाई उम्मेदवार बनाइनु पर्ने उहाँको दावि छ । ‘ कार्यसमिती सदस्य देखि निरन्तर विभिन्न पदाधिकारी देखी अहिले दोस्रो बरियताको पदमा रहेर ब्यापारीको काम गरिरहेको छु । बिचमा एक पटक बाहेक आफु निरन्तर बिजेता भएर ब्यापारीको मुद्धालाई बोकेर हिडेको छु ।

साधारण सदस्य भएर ब्यापारीको पीडा कस्तो हुन्छ भन्ने कुरा आफुले महसुुस गरेको बताउँदै गुरागाईँ भन्नु हुन्छ ‘दमकका रहेको पसलहरु मध्ये सबै भन्दा धेरै पसल रहेको सानो रेडिमेड कपडा पसल गर्दै आएको म, मनै जस्ता ब्यापारीको पीडा र समस्या बुझ्ने म बाहेक को होला र ? ’ उज्यालोसँग कुराकानी गदैै उहाँले भन्नु भयो ।

अहिले बजारले समेत आफ्नै नेतृत्व खोजेकोले ब्यापारीसँग भोट नै माग्न थालीसकेको पनि उहाँले बताउनु भयो । ‘यो पटक दमकको उद्योग वाणिज्य सघंको नेतृत्वमा जाने पालो पनि मेरै हो म निर्विकल्प अध्यक्ष बन्ने छु चुनाव पनि जीत्ने छु ।’ गुरागाईँको अन्तिम निष्कर्ष छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु