प्रविधिमैत्री बनाउन शिक्षकहरुलाई कम्प्युटर तालिम

ताप्लेजुङ /

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका तथा वडा कार्यालय र विद्यालय समेतलाई प्रविधिमैत्री बनाउन सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिम सञ्चालन गरेको छ । आधुनिक समयको विकास क्रमसँंगै प्रविधिको प्रयोग अनिवार्य हुँदै गएपछि गाउँपालिकाले आईसीटीसम्बन्धी तालिम सञ्चालन गरेको हो ।

गाउँपालिका कार्यालय, वडा कार्यालय सामुदायिक विद्यालयको आधारभूत तहअन्तर्गत निम्न माध्यमिक विद्यालय सम्मलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले आईसीटी तालिम सञ्चालन गरेको जनाएको छ ।

गाउँपालिकाका अनुसार कार्यालयअन्तर्गत विषयगत शाखामा कार्यरत कर्मचारी, वडासचिव र विद्यालयका कम्प्युटर शिक्षकको सहभागितामा तीन दिने आईसीटी तालिम सञ्चालन गरिएको छ ।

विद्यालय समेतलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिमको आयोजना गरिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक र निम्न माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक, गाउँपालिकाका विषयगत शाखाका कर्मचारी र सबै वडाका सचिवसमेत ३५ जनालाई आईसीटी तालिम प्रदान गरिएको छ ।

तालिममा प्रविधिको प्रयोग तथा सूचना सञ्चारसम्बन्धी सैद्धान्तिक र प्राविधिक विषय सिकाइएको थियो । प्रविधिसम्बन्धी तालिमले सम्बन्धित क्षेत्रमा कार्यरत जनशक्तिलाई थप दक्षता हासिल गर्न सहयोग पुगेको छ भने पहिलोपटक तालिम लिनेलाई आधारभूत ज्ञान प्राप्त भएको र कामप्रति उत्प्रेरण जगाएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाको भनाइ छ । विद्यालयसहित लक्षित क्षेत्रलाई प्रविधिमैत्री बनाउन तालिम फलदायी हुने पनि उपाध्यक्ष लामाले विश्वास लिनुभएको छ ।

सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)सम्बन्धी तालिममा पाँचथरको हिलिहाङ गाउँपालिकाका सूचना प्रविधि विज्ञ लक्ष्मी चौहानलगायतले सहजीकरण गर्नुभएको थियो । तालिम आइतबार, सोमबार र मङ्गलबार गरी तीन दिनसम्म सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य