दमक/
दमक ६ स्थित नमुना बजारमा लागेको आगोका कारण वीस्थापीत भएका व्यवसायीलाई अल्पकालीन व्यवस्थापनमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ जुटेको छ ।
उनीहरुले व्यवसाय गर्दै आएको संरचनानै जलेर नष्ट भएपछि अल्पकालिन व्यवस्थापन गर्न पहल गरिरहिएको महासघंको दमक नगर कमिटीका कार्यवाहक अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।
‘अहिले त्यहाँ छरिएर रहेका सामानहलाई सार्न र त्यसलाई व्यवस्थापन गर्न हामीले मद्यत गरेका छौ । अव उहाँहरुको दोकोन त्यहि वा अन्य कहि न कहि भएपनि खोल्दै गर्ने गरिको वातावरण मिलाउन हामी लागि परेका छौ ।’ गौतमले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ।
घटनाको बारेमा स्थलगत अनुगमन गरि उद्धार , राहत र व्यवस्थापनमा केहि न केहि निणर्य वा घोषणनै गरिदिन भन्दै प्रदेश १ का मुख्यमन्त्री हिकमत कुमार कार्कीलाई आमन्त्रण गरिएको महासंघका सचिव सुयोग खरेलले जानकारी दिनुभयो ।
सकेसम्म त्यहि छानो लगाएर र केहि बार बेर पारेर केहि समयकालागि राख्ने वा त्यहि ठाउँमा नयाँ संरचना नबनुनजेल अन्तै पसल सार्ने गरिको सहजीकरण गर्न महासघंले दमक नगरपालिका र प्रदेश १ सरकासँग माग गरेको पनि उहाँले जानकारी दिनुभयो । महासंघ आफैले पनि त्यस्तो स्थानको खोजी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
आज बिहान २ः४५ मा आगो लागी हुँदा यहाँका पाँच वटा पसल संरचना सहित पूणर् नष्ट भएका छन् भने अन्य ४ वटामा समेत क्षती भएको छ ।










