आधुनिक सडक निर्माण

झापाको विर्तामोडमा आधुनिक सडक बन्दै

 

झापा । विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार रुपैयाँको सहयोगमा ६ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।

दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

उँहाका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँचवटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उँहाले बताउनुभयो। सात मिटर चौडाइ हुने सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी एक सय ६८ वटा इलेक्ट्रिक पोल लगाइनेछ । जसमा सडकको दुवैतर्फ झिलीमिली बनाउन ६ सय १९ वटा स्टिल लाइट राखिने उँहाको भनाइ छ ।

इञ्जीनियर श्रेष्ठले सो सडकमा एक सय ३८ वटा ट्राफिक साइनपोस्ट, छवटा स्टेण्डर मार्करस्टोन, रोडवे डेलिनेटर एक सयवटा बनाइने जानकारी दिनुभयो। सडक निर्माणसँगै दायाँबायाँ गरी विभिन्न फूल प्रजातिका एक हजार दुई सय ३६ वटा बिरुवा रोपण गरिनेछ ।

यसअघि सङ्घीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका सडकभन्दा आधुनिक व्यवस्थित हुने नगरप्रमुख पवित्रा महतराले बताउनुभयो। जुन सडक जिल्लाकै नमूना सडकका रूपमा स्थापित हुने उँहाको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य