विलक्षण विद्यार्थी

झापामा ७ कक्षामा पढ्ने विद्यार्थीले बनाए ‘जीप गाडी ’ भिडियो रिपोर्ट

दमक/
केहि थान कार्टुन, केहि फलामको डण्डी, काठको प्लाई, , साना आकारका टायर, चार्जबाट चल्ने ब्याट्री, एउटा मोटर जोडेर तीन जना चढ्न मिल्ने गरिको जीप छ । यो जीप बढिमा २५ देखी ३० को गतिमा गुड्छ । यस्तो जीपको आविस्रकार गर्नेहरु भने न विशेषज्ञ इन्जिनियर हुन नत अटो सम्बन्धीको बिज्ञ । उनीहरु त कक्षा सातमा अरु विद्यार्थी जस्तै पढ्ने विद्यार्थीहरु हुन ।

उनीहरुको नाम प्रशन्न दवाडी, निशान बिक र सन्देश बराल हो । उनीहरु झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ मा रहेको राष्ट्रिय रमणिय आदर्श माद्यमिक विद्यालयमा पढ्ने गर्छन ।
यी विद्यार्थीहरुले विद्यालयको पुस्तकसँगै यस्ता अतिरिक्त क्षमता यस अघी पनि देखाउँदै आएका थीए । कहिले यी विद्यार्थीहरुले घरायसी सामानको प्रयोग गरेर रेडियो बनाएर विद्यालयमा बजाए, कहिले साना-साना गाडी, रिमोर्टबाट गुड्ने गाडीहरु बनाएर विद्यालयमा प्रदर्शन गरिसकेका छन् ।
अहिले चाहि उनीहरुलाई मान्छेनै बस्न मिल्ने गरिको गाडी बनाउने सोच आयो । सोचलाई खोजमा परिणत पनि गरे । त्यसकालागि आवश्यक पर्ने सामान केके चाहिन्छ भन्ने कुराको सुचि तयार पारे । ती सामान उपलब्ध भए मान्छे चढेर कुदाउन मिल्ने गरिको गाडी बनाउने आँट गरे ।
उनीहरुको यस्तो आटलाई परिवारका सदस्यहरुले पनि साथ दिए । आफ्ना सन्तानको रहर र प्रतिभालाई थप निखार्नकालागी अभिभावकहरुले पनि सर-सहयोग गरे । उनीहरुले माग गरेका सबै सामानहरु कहाँ कहाँ पाइन्छ खोजीमेली गरेर खरिद गरेर ल्याइदिए । त्यसपछि एक महिनामै यी विद्यार्थीहरुले सानो ज्यान भएका तीन जना चढ्न सक्ने गरिको जीप तयार पारे ।
यी तीनभाइले बनाएको यो जीपमा आवश्यक पर्ने विभिन्न सामाग्रीको व्यवस्थापन र निर्माण गर्न करिव १ लाख ५० हजार रुपैँया खर्च भएको छ । यो खर्च मध्ये अधिकतम प्रशन्न दवाडीका हजुरबुबा छवी दवाडीले ८० हजार रुपैँया गर्नु भएको छ भने काका इस्वरी दवाडीले ३० हजार , विद्यालयले ६ हजार ५ सय , विद्यालयकै बाल क्लवबाट ५ हजार ५ सय रुपैँया , बस्नेत गृह उद्योगले २८ हजार रुपैँया बराबराको आर्थीक सहयोग, कमक्षा मोटरसाईकल वर्क सप ७ हजार पाँच सय बराबरको सामाग्री सहयोगबाट यो जीप बनेको हो । जीप बनेसकेपछि बजारमा कुदाएको देखेर गोर्खाली हट नेपालले १० रुपैँया दिने भनेर घोषणा गरेको छ । आफ्ना सन्तानको यस्तो प्रगती देख्दा अभिभावकहरुपनि दंग परेका छन् ।
उनीहरुले आफै परिक्षण पनि गरे । त्यसमा सफल भएपछि विद्यालयमा सबैका अघी जीप प्रर्दशन गरे । उनीहरुले बनाएको जीपमा चढाएर नगर प्रमुख रोषन थोप्रालाई विद्यालय देखि दुधे चोक सम्म ल्याए । विद्यालयका अन्य विद्यार्थी र स्थानियबासीहरुले घेरिएरका कारण जीपलाई अधिकतम गतिमा गुडाउन सकेनन । तर पनि यात्रा सुरक्षीत भएको नगर प्रमुख थोप्राले बताउनु भयो ।
यस प्रकारको प्रतिभालाई नगरपालिकाले आर्थीक सहयोग गरेर प्रर्वधन गर्ने र अन्य यस्ता प्रतिभा भएकाहरुलाई क्षमता तिर्खान नगरले केकेमा कसरी सहयोग गर्नुपर्छ त्यो गर्न आफु तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।
बाल प्रतिभाहरुलाई तिखार्न र अझ प्रर्वधन गर्न राज्य र समुदायका हरेक क्षेत्रले सहयोग गर्नुपर्ने जीप निर्माता विद्यार्थीको भनाई छ । विद्यार्थीहरुलाई आर्थिक अभाव हुने , श्रोत सामाग्री जुटाउन समस्या हुने भएकोले यसमा सहयोग गर्न र विद्यालयमा पनि पाठ्य पुस्तकका साथै विद्यार्थीका भित्री चाहना र प्रतिभालाईपनि पहिचान गर्दै त्यसलाई निखार्ने गरिको शिक्षा आवश्यक पर्ने उनीहरु बताउँछन् ।
विद्यालयको ५३ औ वार्षिक उत्सवको अवसरमा सो गाडी सार्वजनिक गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षक बनेको सो गाडी हेर्न विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको भीड रहेको थियो । विद्यालयले विद्यार्थीका यस्ता प्रतिभालाई प्रस्फुटन गर्न आवश्यक पर्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएको छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य