दमक/
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बैक तथा वित्तिय सस्था नोक्सानमा जानु भनेको देशमा आर्थिक संकट आउनु रहेको बताउनु भएको छ ।
झापाको झिलझिले स्थित वाटर किङडममा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।
पछिल्लो समय उद्योगी तथा व्यवसायीले आफुहरु चाहि घाटामा गएर व्यापारबाटै पलायन हुने अवस्था आउन थालेको तथा आफुहरुमाथी लगानी गर्ने बैकं तथा वित्तिय सस्था चाहि साधै नाफामा मात्रै गएको भन्दै बिरोध गरिरहेका बेला ओलीले बैक तथा वित्तिय सस्था पनि घाटामा गयो भने देशमा ठुलो आर्थीक संकट आउने कुरा तर्फ सबै उद्योगी व्यवसायीहरुलाई सचेत गराउनु भयो ।
‘आर्थिक कारोबार गर्न बैक तथा वित्तिय सस्था नभइ हुँदैन । यो अहिलेको अति आवश्यकीय कुरा हो । मानिससँग भएका पैसा यसै घरमा राख्नु भन्दा बैंकमा राख्दा ब्याज पाइन्छ भनेर राखीन्छ । बैंकले दिन्छ पनि । त्यहि जनताको पैसालाई अरु जसलाई बिभिन्न क्षेत्रमा लगानी गरेर कारोबार बढाउनु छ उनीहरुलाई त्यो बचत पैसा केहि बढि ब्याजदरमा लगानी गर्छ । यो बैकंको नियमित प्रकृया हो । यो हुनु पर्छ । तर यसभित्र राख्ने मुनाफाको दर रेटको अन्तर र यसले आम मानीसमा पारेको असर र सकरात्मक प्रभावका बारेमा चाहि नियमक निकाय नेपाल राष्ट्र बैकंले अनुगमन पर्छ ।’ ओलीले भन्नु भयो बिच बिचमा फेरबदल हुने व्याजदर र यसले ऋणी र बचतकर्तामा पारेको प्रभावका बारेमा राष्ट्रबैकले ठीक ढङ्गले अनुगन गर्न आवश्यक रहेको छ ।’
ओलीले अहिलेको आर्थीक संकट यस अघीको डेढ वर्षे सरकारका कारण भएको आरोप लगाउनु भयो । ’श्रोत सुनिश्ति गर्न भन्दै विभिन्न शिर्षकका बजेटको रकमान्तर गरेर भ्रष्टचार गरेका कारण अहिलेको यस्तो परिस्थिी आएको हो । तर अव यसलाई सुधार गर्न हामी पनि अहिले सरकारमा छौ केहि गछौ तर धैर्य राखौ ।’
ओलीले बोल्नु भएको कुराको भिडियो यहाँ राखीएको छ ।










