दमक/
झापाको दमकमा ३ करोड रुपैँयाको लगानीमा तार उद्योग खुलेको छ । झापामा पहिलो उद्योग रहेको यसका सञ्चालकहरुले दावि गरेका छन् ।
यसमा आवश्यक पर्ने मेसिन, अन्य उपकरण तथा कच्चा पर्दाथको व्यवस्थापन गर्दा र आवश्यक संरचना बनाउँदा करिव ३ करोड रुपैँया लगानी पुगेको सञ्चालक मध्येका एक पूणर् कुमार लामाले बताउनु भयो ।
पूर्व पश्चिम राजमार्गमै जोडिएको दमक ४ स्थित ताराबारीमा चार जना यूवाहरुको लगानीमा एम के वायर उद्योगको शनिबार एक औपचारिक कार्यक्रम गर्दै उद्धघाटन गरियो ।
झापा क्षेत्र नं ४ का प्रतिनिधीसभा सदस्य तथा नेपाल राष्टिय उद्योग व्यवसायी महासघंका केन्द्रिय अध्यक्ष लाल प्रसाद सावा (एलपि)ले रिवन काटेनर यसको उद्धघाटन गर्नु भयो ।
उद्धघाटन पछि बोल्दै सांसद सावाले यस्ता उद्योगहरु देशको विकास र समृद्धिको सारथी बन्न सक्ने बताउनु भयो । स्थानिय स्तरमा रोजगार स्थापना हुनु र यसबाट उत्पादीत सामाग्रीले पूर्वाधार विकास निर्माण तथा अन्य काममा प्रयोग हुनुले यो विकासको एक साझेदारी बन्ने उहाँको भनाई छ ।
नदि तटबन्धन गर्न आवश्यक पर्ने तार जाली, कहि घेराबारा लगाउदा वा कुनै सुरक्षाको तारजालीको घेरा बनाउनु पर्यो भने यो तारको प्रयोग गर्न सकिन्छ । अधिकांस क्षेत्रमा यस्तो तारको कच्चा पदार्थ ल्याउँने र मजदुरहरुलाई हात प्रयोग गरेर जाली बुन्न लगाउने गरिएको छ । जुन बलियो नहुँने , कम मिहनतमै पनि जो सुकैले त्यो बुनेको स्थानलाई तोडमोड गर्न सक्ने र असुरक्षीत हुने जोखिम त्यस्ता तार जालीमा हुने गर्छ । तर यहाँ उत्पादित तार जाली अत्याधिनुकी मेसिनबाट प्रकृयागत र आवश्यक संरचनामा प्रयोग गरिने अनुसार स्वचालीत मेसिनबाट तयार पारिने भएकोले सबैभन्दा बलियो र टिकाउ पनि हुने उद्योग संचालक पूणर् कुमार लामा बताउनु हुन्छ ।
यो उद्योगबाट दैनिक ६ टन उत्पादन हुन्छ । सुनसरीका कमल मिया, अब्दुल मिया , इजहाझ मिया र झापाका पूणर् कुमार लामाको यो उद्योगमा संयूक्त लगानी छ । दमकमै यो तार जालीको उद्योग स्थापना भएपछि अव बिराटनगर तथा अन्य टाढा गएर महँगो ढुवानी तिरेर ल्याउनु पर्ने बाध्यताको अन्त्य हुने विस्वास गरिएको छ ।
भिडियोमा हेरौ ।









