दमक/
पछिल्लो समय झापामा सहकारी सस्थाहरुले आफ्ना बचतकर्ताको बचत गरेको रकम फिर्ता गर्न नसकेको गुनासो अत्याधिक आउँन थालेका छन् ।
बचत फिर्ता गर्नै नसकेर कतिपय सस्थाहरुले तालाचावीनै लगाएर कुलेलाम पनि ठोकीसके । कतिपयले बचतकर्तालाई आफ्नो समस्याका बारेमा बताउँदै सम्झाउने प्रयास गरिरहेका छन् र जसोतसो बन्द हुनबाट चाहि रोकिरहेका छन् ।
बजारमा प्रवाह भएको ऋण नियमती नउठ्नु , पछिल्लो समय देशभरमै आर्थीक चलायमान कम हुनु र केहि सहकारीका सञ्चालकहरुले गलत नियत राखेर बचतकर्ताको रकम हिनामिना गरिदिएका कारणले पनि पछिल्लो समय सदस्यहरुलाई आफ्नै सस्थाप्रतिको विस्वास घट्दै गएको छ ।
नियमन गर्न खोज्दा कतिपय सहरकारी सस्थाले स्थानिय सरकारलाई टेरपुछर लगाउँदैनन् । प्रदेश सरकारलाई गन्नै खोज्दैनन् । केन्द्र सरकारले उचीत र पर्याप्त नियमन गर्न सकिरहेको छैन । ।जसले गर्दापनि केहि सहकारीहरुको मनोमानी चलिरहेको छ । यस्तो परिस्थितीमा उज्यालो खवरले झापाका केहि सहकारी अभियान्ताहरुसँग बहस गरेको छ ।
सहकारीहरुमा देखिएको वर्तमान समस्या, यसले सहकारी अभियानमा पारेको असर र यसबाट बचाउँदै , सदस्यहरुको बचतलाई सुरक्षीत गर्दै सहकारी अभियानलाई कसरी अघी बढाउने भन्नेबारेको बहस गरिएको छ । बहसमा जिल्ला सहकारी सघंका उपाध्यक्ष प्रेम कोईराला र लेखा समिती संयोजक चुडामणी ओझा सहभागी हुनुहुन्छ ।
यो बसहको भिडियो यहाँ राखीएको छ ।









