बिर्तामोड नगर अस्पताल सञ्चालनमा

 

बिर्तामोड  /  सामान्य स्वास्थ्य परीक्षणका लागि महँगो निजी अस्पताल धाउनुपर्ने बिर्तामोडवासीको बाध्यताको अन्त्य भएको बिर्तामोड नगरपालिकाले नगरमै १५ बेडको अस्पताल सञ्चालनमा ल्याएको । विशेषज्ञ चिकित्सकसहितको अस्पतालबाट नगरका विपन्न परिवार बढी लाभान्वित हुने स्थानीयको भनाइ अस्पतालमा एक एमडीजीपी, तीन एमबीबीएस डाक्टर, पारामेडिक्ससहित ३६ कर्मचारी कार्यरत छन् अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् नसर्ने रोगको जाँच, गर्भवती सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच, भिडियो एक्सरे, ईसीजी, कोभिड जाँचलगायतका स्वास्थ्य जाँच तथा उपचार सेवा दिने गरी अस्पतालमा जनशक्ति एवं उपकरण व्यवस्थापन गरेको उनले बताइन् बिर्तामोड–३ स्थित नगरपालिकाकै जग्गामा अस्पतालका लागि दुई तला पक्की भवन बनाइएको हो नगर गौरव योजनाअन्तर्गत करिब साढे पाँच करोड रुपैयाँको लागतमा उक्त अस्पताल खडा भएको हो सभामुख देवराज घिमिरेले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि अस्पतालले २४ घण्टे स्वास्थ्य सेवा दिन थालेको हो अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुनील अधिकारीले जानकारी दिए

नगर अस्पतालबाट तत्कालै डायलसिस सेवासमेत दिने गरी उपकरण जडानको काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताए भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालन गर्ने गरी दाताबाट सहयोगको प्रतिबद्धतासमेत भइसकेको उनले बताए नगर अस्पतालमा दैनिक तीन सय बढीले उपचार सेवा लिइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले जानकारी दिए

यो हस्पिटलले धेरै जना गरिबको ज्यान बचाउँछ,’ कांग्रेस नगर सभापति भोजराज सिटौलाले भने, ‘पैसा हुनेहरू बिर्तामोडका नाम चलेका हस्पिटल जान्छन् तर सामान्य मेडिकलमा समेत गएर उपचार गराउन नसक्नेहरूका लागि यो हस्पिटल बरदान सावित हुनेछउनले अस्पतालबाट दिने भनिएका सबै उपचार सेवाहरू नियमित दिने वातावरण बनाउन नगरपालिकासमक्ष आग्रह गरे

 

Share: