तीन महिने निशुल्क कम्प्यूटर तालिमको उद्धघाटन

कम्प्यूटर प्राविधिक तयार गर्न वडा सरकारको लगानी (भिडियोमा हेरौ)

 

उर्लाबारी/
मोरङको उर्लाबारी नगरपालिका वडा नं ७ कि वडाध्यक्ष उर्मिला थापाले यूवाहरुलाई अव प्राविधिक सिप सिक्न प्रेरित गरिने बताउनु भयो ।
शुक्रबार सि एस सि आई एजुकेशन फाण्डेशनमा तीन महिने निशुल्क कम्प्यूटर तालिमको उद्धघाटन गर्दै थापा भन्नु हुन्छ ‘अव जहाँ काम गर्न पनि कम्प्यूटर सम्बन्धीको सिप जानेको हुनुनै पर्ने भयो । त्यहि कुराको मद्यनजर गरेर यो पटक निशुल्क कम्प्यूटर सिकाउने कार्यक्रम राखीएको हो ।’

आगामी वर्ष यूवाहरुलाई आफ्नै ठाउँमा के सिप सिकाउँदा रोजगार बनाउन सकिन्छ त्यो तर्फ ध्यान दिएर अन्य कार्यक्रम बनाइने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उर्लाबारी नगरपालिकाको कार्यपालिका सदस्य मनमाया तामाङले यूवाहरुको क्षमता बृद्धि गर्न र दक्ष प्राविधिक तयार गर्न वडाले यस प्रकारको तालिममा बजेट बिनियोजन गरेको उल्लेख गर्नु भयो । वडा मार्फत निशुल्क प्रदान गरिएको तालिमलाई उपयोगि बनाउन उहाँले सहभागीहरुलाई अनुरोध गर्नु भएको छ ।

निशुल्क हो भन्दैमा सिक्नकालागि सिक्ने भन्दा पनि यसलाई सहि सदुपयोग गर्न सि एस सि आईका प्रन्सिपल राजु गौतमको सुझाव छ । यहाँ सिकाईने कोर्ष आधारभूत मात्रै नभएर कम्प्यूटर अपरेटर सम्बन्धीका सबै विषयहरु बढाइने र सिटिइभिटि मान्यता प्राप्त प्रमाण पत्र समेत उपलब्ध हुने हुँदा यसलाई आफ्नो जीन्दगीको महत्वपूणर् उपलब्धीको रुपमा लिन गौतमले आग्रह गर्नु भएको छ ।

वडाको २ लाख रुपैँयाको बजेटबाट ३० जनालाई तीन महिना सम्म यहाँ तालिम दिइदै छ। यो तालिममा सिकाईको कोर्ष शुल्क लिदा प्रति व्यक्ति १६ हजार ५ सय रुपैँयाको प्योकेज रहेको जनाइएको छ । सो प्याकेज बराबरकै कोर्षहरु यहाँ सहभागी भएकाहरुले निशुल्क पढ्न पाउने तालिम प्रदायक सस्थाले जनाएको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु