दमक/
नेपालको चर्र्चित ब्याण्ड राजु लामाको मंगोलियन हर्ट झापा आउने भएको छ ।
आगामी मंसिर १० झापाको शिवसाताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडोममा आयोजना हुने कन्सर्टमा आफ्नो प्रस्तुती दिन ब्याण्ड झापा आउने लागेको हो । वाटर किङडोमले मंगलबार पत्रकार सम्मेलन गरेर मंगोलीयन हर्ट ब्याण्ड आउने जानकारी गराएको हो ।
सो दिन साँझ ६ बजे देखी १ज्ञ बजे सम्म अन्य स्थानीय तथा राष्ट्रिय स्तरका कालाकारको समेत बेजोड प्रस्तुती रहेने पत्रकार सम्मेलनमा वाटर किङडोमका सञ्चालक सौजनराज संग्रौलाले जानकारी गराउनु भयो । ३० लाख रुपैँयाको लगानीमा त्यो दिन कन्सर्ट गर्न लागिएको छ ।
६ हजार जनाको भीड थेग्न सक्ने गरिको आफुहरुको क्षमता भएपनि सो दिन ४ देखी ५ हजार जना सहभागि हने अपेक्षा आयोजकको छ ।
विषेश गरि वाटर किङडोमको प्रर्वधन गर्र्नैकालागि यो कन्सर्ट गरिएको पनि संग्रैलाले जानकारी गराउनु भयो । ५२ करोड रुपैँयाको लगानीमा सञ्चालीत पार्कमा पानीसँग खेल्ने विभिन्न खेलहरु रहेका छन् । साथै रिसोर्ट र होटल पनि यहाँ रहेको छ ।
कोरोना कालमा बन्द भएको यो पार्कले त्यसबेला ६ करोडको नोक्सानी बिहोरेको र अहिले कोरोनाको अवस्था समामन्य बन्दै गएकोले पार्कको प्रचारका लागि कन्सर्ट आयोजना गर्न लागिएको सञ्चालक सग्रौलाले जानकारी दिनुभयो ।
कन्सर्टमा सहभागी हुनकालागि १ हजार रुपैँयाको टिकट राखीएको छ । साथै गोल्डेन , ,सिल्भर र सामान्य गरि होटलमा रहेका टेवलहरुलाई बिचाजन गरिएको छ ।
जसमा गोल्डेन टेवललाई २५ हजार, सिल्भर टेवललाई २० हजार र सामान्य टेवललाई १५ हजार रुपैँया तोकिएको छ । प्रति टेवल ६ जना सम्म बस्न सकिने पत्रकार सम्मेलनमा जनाइएको छ ।