बिर्तामोडमा बुधबारे हटियाका अव्यवस्थित घरटहरा भत्काइयो

बिर्तामोड  /  झापाको बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका अव्यवस्थित घरटहरा भत्काएको छ । बिर्तामोड–५ स्थित बजार क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरटहरा नगरपालिकाले जेसीबी लगाएर भत्काएको हो ।

बहुउद्देश्यीय व्यवसायीक भवन बनाउनका लागि उक्त स्थान खाली गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बल प्रयोग गरी घरटहरा भत्काउँदा करिब २ सय व्यापारी मारमा परेका छन् । नगरपालिकाले विकल्प नदिई टहरा भत्काउँदा वर्षौंदेखि व्यवसाय गर्दै आएकाहरुको रोजीरोटी नै गुमेको स्थानीय टिकाराम बस्नेतको आक्रोश थियो ।

नगरपालिकाले भने ३५ दिनेसहित पटकपटक सूचना जारी गरी पसल तथा टहरा खाली गराउन निर्देशन दिएको थियो । समाजसेवी रामबाबु प्रसाईंले आफ्ना पिता स्व.देवीप्रसादको नाममा १ बिघा ३ कट्ठा जमिन साप्ताहिक हाट लगाउन तत्कालीन अनारमनी गाविसलाई निःशुल्क दान दिएका थिए । उक्त जमिनमा करिब चार दशकदेखि बिर्तामोड बुधबारे हटिया लाग्दै आएको थियो । एक दशकयता उक्त स्थानमा दैनिक बजार लाग्ने गरेको थियो ।

नगरपालिकाले २०७१ मा बुधबारे बजार व्यवस्थापन समितिको अगुवाइमा ७० वटा सटर निर्माण गरी भाडामा लगाएको थियो । करिब ५ कट्ठा जमिनमा ७० वटा सटर निर्माण गरिएका थिए । ती सटर पूर्वपट्टि करिब ६ कट्ठा जमिनमा स्थानीय व्यापारीले आफैं १ सय १० भन्दा बढी टहरा निर्माण गरी व्यवसाय गर्दै आएका थिए ।

बाँकी जमिनमा करिब २५ घर परिवारले टहरा बनाएर बसोबास र व्यापार गर्दै आएका थिए । उक्त स्थानमा कपडा, जुत्ता–चप्पल, कस्मेटिक तथा पेय पदार्थका होटल थिए ।

व्यापारीले विकल्पबिना टहरा भत्काउन नदिने भन्दै केहीबेर जेसीबीलाई रोक्ने प्रयास गरेका थिए । उक्त क्रममा व्यापारी र स्थानीयले ढुंगा प्रहार गर्दा एउटा जेसीबीको सीसाहरु फुटेको छ । घरटहरा भत्काउन नगरपालिकाले १० वटा जेसीबी प्रयोग गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त