सफा र सुन्दर नगरको परिकल्पना

हरित दमक बनाउन सामुहिक प्रतिवद्धता आवश्यक (भिडियोमा सहित)

damak harit abhiyan

 

दमक/
झापाको दमक नगरपालिकाको वसपार्कमा सोमबार बिहानै दमक नगरपालिकाका प्रमुख राम कुमार थापा हातमा झाडु बोकेर निस्कनु भयो ।
बसपार्कमा जथाभावी फाकिएका फोहोर बाडार्ने कामको उहाँले सुरुवात गर्नु भयो । यसै क्रममा उहाँलाई साथ दिन त्यहाँ उपस्थित भएकाहरुले पनि सघाए । सबैले हातमा झाडु बोक्न थाले । हातमा सेतो ग्लोव र मुखमा मास्क लगाएर एक छिन बसपार्क सफा गर्ने काम भयो ।

यसै बेला वसपार्क आसपासमा रहेका विभिन्न झाडीहरु पनि फाड्ने काम भयो । यो सरसफाई गर्ने काम सुरु गर्नु अघी यहाँ एउटा औपचारिक कार्यक्रम पनि भएको थियो ।

दमक ६ मा रहेको सर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्नो स्थपानाको चौर्धौ वार्षिक उत्सवको उवसरमा बसपार्क सफाई गर्दै, दमकका विभिन्न सार्वजनिक स्थानहरुमा फूल रोप्ने गमला र फोहोर फाल्ने डस्विन वितरण गर्ने कार्यक्रम तय भएको थियो । यो कार्यक्रम सम्पन्न गर्न सस्थाले दमकमा सकृय रहेको सस्था साथी भाई समुहसँग सहकार्य गर्यो ।

कार्यक्रमको संयोजन गर्न सस्थाले समुहलाई लगायो । समुहका अध्यक्ष गंगा सिटौलाको अध्यक्षतामा औपचारिक कार्यक्रम गरियो ।

कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष सिटौलाले दमक बसपार्कमा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । दैनिक दिन दहाडै लागु पदार्थ दुव्र्यसनीहरु आउने गरेकोले असुरक्षाका कारण यहाँका पसलहरु बन्द हुने अवस्थामा पुगेकाले यसको सुरक्षामा ध्यान दिन उहाँले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनु भयो ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाका कार्यालय प्रममुख अरुण भण्डारीले दमकलाई सफा र स्वच्छ राख्ने अभियानमा केहि टेवा पुगोस भन्नकालागि यो प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनु भयो । वातारण संरक्षणमा सस्थाको पनि योगदान रहनुपर्छ भन्ने अभिप्रयाले सस्था स्थापना भएको १४ औ वार्षिक उत्सवकको अवसरमा बस पार्क सरसफाई, गमला वितरण तथा फोहोर फाल्ने डस्विन बितरण गरिएको भण्डारीको भनाई छ ।

सस्थाले गरेको यस्तो कामबाट नगरको वातारण सफा हुन मद्यत पुग्ने नगर प्रमुख राम कुमार थापाको विस्वास छ । नगरका हरेक सार्वजनिक स्थानमा यो प्रकारको काम हुनु पर्ने उहाँले बताउनु भयो । यसमा दमक नगरपालिकाको सकरात्मक साथ र प्रभावकारी भूमिका हुने भएकोले सबैले सामुहिक ऐकवद्धता जनाएर दमकलाई हरित नगर बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

सस्थाले सोमबार ३० वटा गमला र १६ वटा डस्विन निशुल्क बितरण गरेको थियो । कार्यक्रममा दमक नगरपालिकाको वातावरण समितीका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा, भौतिक पूर्वाधार समितीका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष भीम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।