कौशी खेतिको महत्व बुझाउँदै पालिका सरकार

घरको फोहोर घरमै प्रयोग, जग्गा नभए पनि कसरी खाने घरकै तरकारी (भिडियोमा हेरौ)

 

दमक/
दमक नगरपालिकाको वडा नं ५ यहाँका अन्य वडाको तुलनामा बढि आवासीय भएको वडा हो । यहाँ व्यवसायीकरुपमा खेती गर्ने जमिन अत्यन्तै न्यून छ । अथवा छ भनेपनि ती केवल करेसाबारीमा मात्रै सिमित छन् । यहाँ हरेक दिन जसो नयाँ नयाँ घर बनिरहेका हुन्छन । जसले गर्दा यहाँ आन्तरिक उत्पादन न्यून हुन्छ भन्दा फरक पर्दैन ।

अर्थात हामीलाई भान्सामा चाहिने खाद्य सामाग्रीको उत्पादन गर्ने ठाउँनै छैन ।
तर जमिन छैन भनेर मात्रै पनि यहाँ भान्सामा चाहिने तरकारी जन्य सामाग्री उत्पादन गर्नै नसिकिने भने चाहि होईन । यसका धेरै उपायहरु छन् । तरिकाहरु छन् । ती मध्येको एक हो कौशी खेती तथा घरको पेटिको प्रयोग गरेर गरिने खेती ।

यो खेताी कसरी गरिन्छ र यो खेती गर्दा केके कुरामा ध्यान दिनुपर्छ भन्नेबारेमा दमक नगरपालिका वडा नं ५ ले एउटा औपचारिक कार्यक्रमनै गर्यो ।

वडाबाट छनौट गरि कम्तिमा एक टोल विकास सस्था एक जना प्रतिनिधी अटाउने गरि ८५ परिवारलाई त्यो कार्यक्रममा सहभागी गरायो ।
दुई दिन सम्म प्रशिक्षण दियो । कौशी खेतीसँगै घरको भान्साबाट निस्केने फोहोरको व्यवस्थापन गर्न पनि तालिमले सिकायो ।
यसरी यो तालिमबाट कौशी खेती गर्ने उपायका साथै भान्साजन्य फोहोरबाट कसरी प्राङ्गारिक मल बनाउन सकिन्छ भन्नेबारेमा पनि सहभागीले सिक्ने मौका भएका थीए ।

‘भान्सादेखी भान्सा सम्मनै’ भन्ने अभियान अन्तर्गत यो तालिमले भान्साबाट निस्कने फोहोरलाई प्राङ्गारिक मल बनाएर त्यसको प्रयोगले उत्पादन भएका तरकारीहरुलाई फेरि भन्सामै ल्याएर प्रयोग गराउन सिकाइयो ।

अहिले पनि कतिपयहरुले आफुले जाने र बलबुताले भ्याए सम्म यो कर्मचाहि गरिरहेका छन् । तर आफै गर्दै आएको कामलाई बिज्ञको सुझाव र प्रशिक्षणले थप परिस्कृत गरिदिएको छ ।

यदी आफ्नो घरको छट अर्थात कौशीमा तरकारी खेती गर्ने हो भने त्यसले आफुलाई वर्षभरी खान पुग्ने र यसबाट आर्थीक बचत हुनुका साथै अर्गानिक तरकारी खाना पाइने भइएकोले तालिमबाट सिकेको कुरालाई अधिकमत प्रयोग गर्न प्रशिक्षकको सुझाव छ ।
यस अघी वडाले महिलाहरुको क्षमता विकास गर्ने भनेर विभिन्न तालिमहरु सञ्चालन गरेको थियो । तर त्यसले उद्धेस्य हासिल गर्न सकेन । विपन्न लक्षित भनेर गरिने ती तालिमले खास देखिने गरि उपलब्धी दिएन ।
त्यसैले यो पटक चाहि वडाले कम्तिमा घरको फोहोर घरमै कसरी सदुपयोग गर्ने र त्यसको प्रयोगबाट अर्गानिक तरकारी अझ त्यो पनि आफ्नै घरको कौशीमा कसरी फलाउने भन्ने कुराको तालिम आयोजना गर्यो । यो तालिम व्यवहारीक र तालिममा सिकेका कुरा प्रायोग गर्न कुनै अर्को लगात समेत नलाग्ने भएकोले कार्यान्वायन हुन्छ र वडामा चाहिने तरकारी घर घरमै उत्पादन हुन्छ भन्नेमा वडाध्यक्ष इन्द्र गुरुङ विस्वास व्यक्त गर्नु हुन्छ ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले यस प्रकारको तालिमले घर सफा राख्ने मात्रै नभएर पुरा शरिरनै स्वस्थ्व राख्ने भएकोले निकै महत्वपूणर् र प्रभावकारी तालिम रहेको भन्दै प्रशंषा गर्नु भयो ।

यसको सहि सदुपयोग गर्नेहरुले नयाँ रोगको सिकार हुन नपर्ने तथा औषधि उपचार कम गर्नु पर्ने भएकोले भान्सालाई नै औषधालयको रुपमा विकास गर्न सकिने तर्फ ध्यानाकर्षण गराउनु भयो । यसले आफ्नालागि आवश्यक पर्ने तरकारी मात्रै उत्पादन गर्ने हो भने अहिलेको आर्थीक मन्दीको सामना गर्न सहज हुने र तरकारी खरिद गर्नैकालागि भनेर बाहिरिने करोडौ तथा अर्वौ रकम रोकिने तर्फ पनि संकेत गर्नु भयो । यसले आफुहरुमा आत्मनिर्भरताको विकास गराउने भएकोले यसलाई सहि रुपमा प्रयोग गर्न उप प्रमुख भट्टराईको भनाई छ ।

गर्दा नहुने सिप र कर्म कुनै छैन । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमकका अव कौशी खेती अति आवश्यक रहेको औल्याउनु भयो ।

खासगरि बढि जनघनत्व भएका वडा तथा बजारी क्षेत्रमा यसको प्रभावकारिता बढ्ने उहाँको भनाई छ । यही कुरालाई मद्यनजर गर्दै दमक ५ ले सुरु गरेको यो अभियानले सार्थकता पाउनेमा उहाँले विस्वास व्यक्त गर्नु भयो ।

दमकका कहाँ, कसले कसरी कौशी खेतीमा उत्पादन गरिरहेका छन् भन्ने कुराको उदाहरण दिदै तालिममा सहभागीहरुलाई पनि त्यस्तै उदाहरणीण बन्न सुभाकामना व्यक्त गर्नु भयो ।

तालिम सिकेपछि यहाँ सहभागी ८५ परिवारलाई प्राङ्गारिक मल मनाउने श्रोत सामाग्री पनि वडा सरकारले निशुल्क उपलब्ध गराएको थियो ।
६० लिटर क्षमता भएको एक एक वटा कालो ड्रम्प, सानो र ठुलो गरि दुइ/दुईवटा ग्रो ब्याग, एक/एक केजी पोषण प्लस, एक/एक केजी कि म्याक्स तथा एक एक थान एलोट्र्याप, फोरोमेन ट्र्याप, माछा क्यारेडका साथै तरकारीका बिउँहरु पनि दिइएको थियो । सुरु गरिहाल्न केहि कुराको पनि अभाव नहोस भनेर सात प्रकारका तरकारीका बिउहरु, करेला, दुई प्रकारका बोडी, घिरौला, लौका, काक्रा , र भिण्डिको बिउ दिइएको थियो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको