जनतासँग जनप्रतिनिधी

महिला जनप्रतिनिधी : महिलाकै कस्ता मुद्धा कसरी उठाउँछन् ? (भिडियो वार्ता)

 

दमक/
२०७९ मा भएको स्थानिय तहको निर्वाचनमा दमक नगरपालिका वडा नं ५ मा शोभा बेलबासे नेकपा एमालेको तर्फबाट महिला सदस्य पदमा उम्मेदवार बन्नु भएको थियो ।

लामो समय कपिलबस्तुमा बसेर सामाजीक परोपकारको काम गर्दै आउनु भएकी बेलबासेलाई दमक केहि नौलो शहर पनि बन्यो । तर दमक आएर बसेपछि पनि उहाँले आफ्नो सामाजीक कामलाई उत्तिकै साथ अग्रसर भएर अघी बढ्दै काम गर्नु भयो । उहाँको सकृयता र संघर्ष देखेर उहाँ आवद्ध भएको पार्टिले चुनाव लड्नकालागि टिकट पनि दियो ।

टिकट त पाउनु भयो तर त्यसमा बिजयी हाँसिल गर्नु सामान्य अवस्था चाहि थीएन । जनतासँग के बोल्ने र कस्ता आश्वाशन दिने भन्नेबारेमा पार्टिले हरेक दिन प्रशिक्षण नै दिएर पठाउँथ्यो । त्यहि अनुसार जनताकहाँ गएर ‘हामी यी यी काम गछौ हामीलाई भोट दिनुस ’ भन्दै भोट माग्नु भयो ।

खास गरि आफु महिलाको कोटाबाट आएकोले महिलाकै मुद्धा र एजेण्डा प्रमुख एजेण्डा बनाएको उहाँले बताउनु भयो ।
महिलाहरुमा देखिने समस्याको दिगो समाधान चाहने हो भने उनीहरुलाई उत्पादनमा जोड्नु पर्छ फुर्सदमा राख्नु हुँदैन भन्ने कुरा आफैले पनि अनुभव गर्नु भएको छ । त्यहि अनुभवलाई सार्थकता दिन आफु निर्वाचित भएको पहिलो वर्षनै हेर्दा तालिम तर त्यसले खास परिणाम नदिने खाले कार्यक्रम कटाउन थाल्नु भयो । बरु वर्षमा २० जना महिलाले काम गर्न सकु त्यो अनुसारको कार्यक्रम बनाएर अघी बढ्नु पर्छ भनेर उहाँले दिगो विकास गर्ने सम्बन्धीको कार्यक्रम बनाउने प्रस्ताव गर्नु भयो ।

उहाँको सपना छ ‘दमकका महिलाहरुले उत्पादन गरेको सामानको देशभरी चर्चा होस’ यसकालागि नगरभरीमै एकै प्रकारको कार्यक्रम गर्ने । खासगरि दमकलाई ढाकाको खादा तथा अन्य उत्पादनको हव नै बनाएर दमकको ढाका भन्ने पहिचान विकास गर्न वडा मार्फत नगरसभामा आफुले कुरा राखेको बेलबासेले बताउनु भयो ।

यसको कार्यान्वायनका लागि काम सुरु भएको र यसलाई दमकको पहिचानसँग जोडेर बृहत परियोजना बनाइ महिला स्वरोजगार तथा आन्तमनिर्भरमा जोड्ने लक्ष्य लिइएको उहाँले उज्यालो खवरको जनतासँग जनप्रतिनिधी कार्यक्रममा बोल्ने क्रममा बताउनु भयो ।

बेलबासेसँग उहाँको एक वर्षको कामको समिक्षा, ,सिकाई र अनुभवका बारेमा गरिएको कुराकानीको भिडियोलाई यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’