सिंचाइको समस्या समाधान गर्न किसानको खेत-खेतमा विद्युत

विराटनगर : खेतीयोग्य जग्गामा विद्युत मार्फत सिंचाइ गर्न सुनसरीको देवानगंज गाउँपालिकाले किसानको खेत खेतमा विद्युत तार लगाउने काम सुरु गरेको छ। वर्षौंदेखि  झल्दै आएको सिंचाइको समस्या समाधान गर्न गाउँपालिकाले किसानको खेत खेतमा विद्युत तार जडान गर्न लागेको हो।

‘खुशी किसान देवानगंजको पहचान’ मुल नाराका साथ गाउँपालिकाले सिंचाइको समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण इनरूवा वितरण केन्द्रको सयुक्त लगानीमा कृषि विद्युतीकरण योजना सञ्चालन गरेको हो।

भारतीय सिमावर्ती क्षेत्रसँग जोडिएको सो गाउँपालिकालले नेपालमा पहिलो पटक १० करोडको लागतमा कृषि विद्युतीयकरण योजना सञ्चालन गरेको जनाइएको छ।   देशकै गैरवको  योजनाको रुपमा कृषि विद्युतीकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले शिलान्यास गरे।

सो याोजनामा गाउँपालिकाले ५ करोड र  नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रको ५ करोड लगानी रहेको छ।
शिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागंज किसानको विद्युत मार्फत सिंचाइको समस्या हुने बताए। उनले अहिले तरकारीमा मात्रै ख्याती कमाएको गाउँपालिका अव अन्य कृषिजन्य उत्पादनमा मुलुकमै ख्याती कमाउने विश्वास व्यक्त गरे।

मन्त्री लिम्बुका अनुसार देवानगञ्ज गाउँपालिकामा कोशी प्रदेशमा मात्रै नभइ नेपालमै पहिलो पटक ठूलो योजनाको रुपमा कृषि विधुतीकरणको योजना शिलान्यास गरिएको दाबी गरे।  देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले   नेपाल विद्युत प्राधिकरण इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झाको सहकार्यमा गौरवशाली योजनाको सञ्चालन गर्न सफल भएको बताए। उनले कृषि र सिंचाइमा देवानगञ्ज गाउँपालिकाले छुट्टै पहिचान स्थापित गर्नका लागि कृषि विधुतीकरण योजनाको सुरुवात गरिएको दावी गरे।

सडक क्षेत्रमा मात्रै नभइ कृषि उत्पादन हुने क्षेत्रमा विधुतीकरण विस्तार गरेर गाउँपालिकाको समन्वयनमा कृषि मिटर वितरण गर्ने जनाएको छ। नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र कार्यालयका प्रमुख अभिनभ झाले गाउँपालिकाको पहलमा काम सुरु भएकोले त्यसलाई सार्थक पार्नुपर्ने सबैको दायित्व रहेको बताए।

विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि कृषिमा किसानको उत्साह बढ्ने दावी गरिएको छ।  किसानलाई कृषि मिटर वितरण गर्ने र गाउँपालिकाले विद्युत चुहावट मुक्त गर्ने गाउँपालिकाले जनाएको छ।  आवश्यकता अनुसार   विद्युत मोटर निशुल्क राख्ने उद्देश्य रहेको बताइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु