घट्यो बजेटको आकार, चालु र आगामी बजेटको तुलना कस्तो ?

 

दमक/
सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यो चालू आवको भन्दा २.३७ प्रतिशत कम हो। चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो।

आगामी आवको कुल बजेटमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको १७.२५ प्रतिशत हो। चालू आवमा यो ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट रहेको छ। जुन कुल बजेटको ६५.२० प्रतिशत हो।

यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड व्यहोर्दा रु ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ। सो न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १२ अर्ब ७५ करोड जुटाइने बजेटमा उल्लेख छ।

राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

चालु आवको तुलनामा आगामी बजेटको सारांश
आगामी बजेट ः १७ खर्ब ५१ अर्ब ३१ करोड
चालू आवको बजेट ः १७ खर्ब ९३ अर्ब

आगामी चालू बजेट ः ११ खर्ब ४१ अर्ब
हाल चालू बजेट ः ७ खर्ब ५३ अर्ब

आगामी पुँजीगत बजेट ः ३ खर्ब २ अर्ब
हाल पुँजीगत बजेट ः ३ खर्ब ८० अर्ब

आगामी वित्तीय व्यवस्थातर्फको बजेट ः ३ खर्ब ७ अर्ब
हाल वित्तीय व्यवस्थातर्फको बजेट ः २ खर्ब ३० अर्ब

आगामी वित्तीय हस्तान्तरणको रकम ः ४ खर्ब ८ करोड
हाल वित्तीय हस्तान्तरणको रकम ः ४ खर्ब २९ अर्ब

बजेटको स्रोत
आगामी राजस्व ः १२ खर्ब ४८ अर्ब
हाल राजस्व ः १२ खर्ब ४० अर्ब

आगामी वैदेशिक अनुदान ः ४९ अर्ब ९४ करोड
हाल वैदेशिक अनुदान ः ५५ अर्ब

आगामी वैदेशिक ऋण ः २ खर्ब १२ अर्ब
हाल वैदेशिक ऋण ः २ खर्ब ४२ अर्ब

आगामी आन्तरिक ऋण ः २ खर्ब ४० अर्ब
हाल आन्तरिक ऋण ः २ खर्ब ५६ अर्ब

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त