"विप्पन्नको सहारा चन्दाको भरोसा"

घर बिहिन हेम बहादुरको बन्यो नयाँ घर (भिडियोमा हेरौ )

 

दमक/
केहि महिना अघी आएको हावाहुरीका कारण झापा दमकका हेम बहादुर तामाङको घर बस्नै नहुने गरि भत्काएको थियो ।

हावाहुरीका कारण घर बिहिन हुनु भएका तामाङको आर्थीक अवस्था कमजोर भएका कारण भत्किएको सो घर पूःन निर्माण गर्न सक्ने स्थिती थीएन ।

तर दमकका मनकारीहरुको पहल र कर्मका कारण तामाङले नयाँ घर पाउनु भएको छ ।

दमक नगरपालिका वडा नं ५ का वडा सदस्य खड्ग बहादुर राईका अनुसार दमक नगरपालिका , वडा कार्यालय, विभिन्न सामाजीक अगुवा तथा समाजसेवीहरुको पहलमा घर निर्माण सम्भव भएको हो ।

तामाङपनि नयाँ घरमा बस्न पाउँदा दङ्ग हुनुहुन्छ ।

भिडियोमा हेरौ

Share: