Search
Close this search box.
"सहकारीबाट समृद्धि"

 

दमक/

झापाको कमल गाउँपालिकाको मंगलबारे बजारबाट करिव एक सय मिटर दक्षिण तर्फ झरेपछि बाटैको किनारमा देखिन्छ निरौला कुञ्ज । गौरादह जाने सडक खण्डकै सडकबाट पश्चिम तर्फ पूर्व फर्केको घर लोकनाथ निरौला र दुर्गा देवि अधिकारी निरौलाको हो । यो परिवारलाई कर्म नगरि पनि बसि बसि खान पुग्ने गरिको सम्पत्ती अहिलेनै छ । तरपनि धेरैले दुखिया पेषा भनेको कृषि तर्फको पशुपालन व्यवसाय गर्नु हुन्छ । घरका सबैजना मिलेर उहाँहरु पशुपालनको काम गर्नु हुन्छ ।

यो परिवारलाई काम गर्न भ्याइ नभ्याइ छ । गोठभरी दुहुना गाई भैसी छन् । खोरभरी कुखुरा हाँस र बाख्रा । यतिमात्रै नभएर पुरानो फर्निचरको व्यवसायलाई पनि अघी बढाईरहिएको छ । यसको भागमा यो काम भन्ने उहाँहरुले कुनै तालिका मिलाउनु भएको छैन । जसले जता जे भ्याउछ त्यहि काम गरेर त्यसबेलाको आवश्यकता पुर्ती गर्नु हुन्छ । यो काम गर्दा उहाँहरुले कम्तिमा आफ्ना छोराछोरलाई मिहनत गर्न चाहि पर्ने रहेछ भन्ने सन्देश दिन खोजिएको उहाँहरुको भनाई छ । काम नगरि बस्न हुँदैन । मिहनत नगरि सफलता बनिदैन रहेछ । कर्म गर्न विदेशनै जानु पर्ने रहेनछ भन्ने कुराको छोराछोरीलाई व्यवहारिक ज्ञान दिन व्यवसायमा छोराछोरीलाई सकेको काममा सँग-सगै लिएर अघी बढिरहेको प्रतिकृया छ ।

लोकनाथका अनुसार यहाँ उहाँले एउटा सानो गाइको बाच्छीबाट फर्म सुरु गर्नु भएको हो । त्यहिबाट सुरुवात गरिएको यो व्यवसाय बिधिवत रुपमा कृषि फर्म बन्दै अहिले ७० देखी ८० लाख सम्मको लगानी पुगेको छ ।

भारद्धज बहुउद्धेस्य कृषि फर्म नामबाट अहिले यहाँ कृषिका विभिन्न कामहरु यो परिवारले गरिरहेको छ । खासगरि दुध र मासुजन्य पर्दाथ उत्पादन गरिरहेको यो फर्मले बजार पनि पाइरहेको छ । मुल्य पनि भनेकै जस्तो छ । तर कहिले कहि चाहि उत्पादन बराबरको बिक्रि नहुँदा यसै नोक्सानी बिहोर्नु परेको छ । त्यसैले फर्मकी सञ्चालीका दुर्गादेवी भन्नु हुन्छ हाम्रो उत्पादन सरकारले किनिदिने मात्रै व्यवस्था भए निकै राहत मिल्ने थियो । बरु कुनै अनुदान चाहिदैन ।

यो फर्मलाई समयानुकल बनाउँदै परिस्कृत गर्न नयाँ नयाँ प्रविधिको प्रयोग गरिनु पर्छ । समय सापेक्ष प्रविधिको परिवर्तन गर्न लगानी पनि बढाउँदै जानु पर्यो । यसमा उहाँहरुले कारोबार गरेको सस्था इन्द्रेणि बहुउद्धेस्य सहकारीले सहयोग गरेको छ । अन्य ऋणमा भन्दा कम ब्याजदरमा ऋण पाइन्छ । फर्मलाई आवश्यक पर्ने कृषिजन्य सामाग्री सहुलियत मुल्यमा पाइन्छ ।

यता अर्को किसान हुनुहुन्छ चन्द्र बहादुर दर्जी । उहाँले घर छेउँकै १० कट्ठा बारीमा मनग्गे तरकारी फलाउनु हुन्छ । यहाँ मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर खास गरि दमक क्षेत्रका होटलका ढोका ढोका सम्म पुर्याउने गर्नु हुन्छ । उहाँले आफ्नो पूर्खौली पेषा सिलाई कटाईको व्यवसायलाई तिलाञ्जली दिएर कृषि कर्ममा लाग्नु भएको हो ।

उहाँसँग कुल १ बिगाह २ कट्ठा जमिन छ । यसमा १२ कट्ठामा अन्न उत्पादन गर्नु हुन्छ । अर्थात धान र कमै सिजन अनुसार लगाउनु हुन्छ भने बाँकी जमिनमा बेमौसी तराकारी । आफु र अरुलाई समेत बिषादी रहित तरकारी खुवाएर निरोगी बनाउने अभियानमा सरिक हुँदै यो व्यवसाय गरेको दर्जीले बताउनु भयो । यो पेषाबाट उहाँले एक सिजनमै ३ देखी ४ लाख रुपैँया कमाउँदै आउनु भएको छ ।

उहाँले यहाँ विषेश गरि बेमौसी तरकारी उत्पादन गर्न भन्दै टनेल लगाउनु भएको छ । हरेक टनेलमा बिजुली जोड्नु भएको छ । सिचाईकालागि बारीमै मोटर जोड्नु भएको छ । यी सबै काम गर्न बेला बखत उहाँले इन्द्रेणी सहकारीसँग कारोबार गर्ने गरेको बताउनु भयो । इन्द्रेणिको सहायता र सहकार्यबाट आफ्नो व्यवसायलाई प्रवर्धन गर्न थप मद्यत पुगेको उहाँको प्रतिकृया छ ।

गाउँमा खुलेको इन्द्रेणि सहकारीले गाउँकै जनजिवन उकास्ने काममा लागेको छ । अझ कृषि कर्म गर्नेहरुलाई त ऋणमा सहुलियतका साथै कृषिजन्य सामाग्री तथा पदार्थहरुको खरिद एवं बिक्रि पनि गर्दै आएको छ । विदेशबाट फर्केकाहरु जसले कृषि कर्म गर्छु भन्छ भने अन्य ऋणमा दिइएको ब्याजको तुलनामा दुई प्रतिशत कम ब्याजमा ऋण दिइन्छ । अझ रोचक कुरा चाहि के छ भने यी सदस्यहरुले त्यो ऋण तिरिसक्दा अन्तिममा ब्याजमा थप ५० प्रतिशत छुट पनि पाउँछन् । यसले कृषि कर्म प्रति अभिप्रेरित गर्न यस प्रकारको योजना सस्थाले बनाएको सस्थाको कर्जा बिभागका प्रमुख यूवराज ओलीले बताउनु भयो ।

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp