"‘स्वदेश फर्केपछि’"

समाजले के भन्ला भन्ने डरका कारण मलेसियामा अवैद्यानिक बन्न बाध्य विक्रमको बिवसता(भिडियोमा हेरौ)

 

दमक/
रोजगारका लागि मलेसिया जानु भएका झापा दमकका बिक्रम तामाङ मलेसिया पुगेको १३ महिनामै अवैद्यानिक बन्नु पर्यो ।
नेपालमा मेनपावरले १२ सय रिङ्गेट भन्दा बढि कमाई हुन्छ भनेर पठाएको थियो । तर मलेसियामा पुग्दा ५ सय रिङ्गेट पनि कमाई भएन ।
नोपलमै व्यवसाय गरेर बस्नु भएका तामाङ विदेश जाने लहडमा जानु भएको थियो । तर सोचेजस्तो कमाई उहाँले गर्न पाउनु भएन ।

‘१३ महिना सम्म कमाई बढ्ने कुनै छाटकाट भएन । त्यहि भएर बाध्य भएर कम्पनी छोडेर अवैद्यानिक बने ।’ तामाङले उज्यालो खवरको स्वदेश फर्केपछि कार्यक्रममा कुराकानी गर्दै बताउनु भयो ।

त्यसपछि उहाँ जोखिम मोलेर काम गरिरहेको ठाउँ छोडेर अन्यत्र जानु भयो । केहि दिन त्यहाँका पुराना साथीहरुको सहयोगमा काम खोज्न नै लागेको र काम भेटिएको सुनाउनु भयो ।

विदेशमा आफ्नो साथमा डकुमेण्ट नबोकी , ती सबै कुरा त्याग गरेर कम्पनी छोड्दा डर लागेन ? भन्दै उज्यालोले गरेको प्रश्नमा उहाँ भन्नु हुन्छ ‘डर त मलाई मलेसियसामा भन्दा पनि नेपालको समाजले के भन्छ भन्ने चाहि थियो । त्यहि भएर कम्पनी कम्पनी छोडेको हुँ ।

‘१३ महिनामै नेपाल फर्कौ कमाउन विदेश गको थियो कमाउन नसकेर आएछ भन्ने डर, पहिलाकै कम्पनीमा बसौ कमाईनै नहुने नेपालमा चाहि मलेसियामा पैसा उडाएर बसेको छ भन्छन् भन्ने पीर ।’ तामाङले प्रस्टाउनु भयो ।

तामाङ अहिले दमक ९ स्थित शान्त्ती चोकमा होटल सञ्चालन गरेर बसीरहनु भएको छ । विदेशमा हुँदा उहाँले महिनाको ५० हजार रुपैँयाको हाराहारीमा कमाईरहनु भएको थियो । तर अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर एक लाखको हारहारीमा कमाई गरिरहेको बताउनु हुन्छ ।

उहाँ भन्नु हुन्छ ‘ विदेश जानु नराम्रो त होईन तर विदेशमै सँधै बस्नु चाहि नराम्रो हो , विदेशको मिहनत र सिप अनी लगानीलाई बिस्तारै नेपालमा भित्राउन चाहि पर्छ ।’

उहाँसग गरिएको कुराकानीको भिडियो यहाँ राखीएकोे छ ।

Share: