दमक/
बेरोजगार भएर काम जोखिरहेकाहरुलाई रोजगारको अवसर देखाउन र कामदार नपाएकाहरुलाई छानी छानी कामदार दिने उद्धेस्यका साथ दमकमा एक दिने वृत्ति परामर्ष तथा रोजगार मेला हुने भएको छ ।
आगामी असार १४ गते बिहिबार दमक स्थित कस्मिक पार्टि प्यालेसमा बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म मेला लाग्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । ६ घण्टे मेलामा ५ हजार बढीको उपस्थिती हुने दावि आयोजकले गरेको छ ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकार बीच द्धिपक्षीय सम्झौता भई सञ्चालनमा रहेको दिगो तथा सम्मानीत रोजगारकालागि सिप परियोजना(इन्योर)को प्राविधिक सहयोगमा हुन लागेको यो मेलाको आयोजक चाहि दमक उद्योग वाणिज्य सघं रहेको छ । यसमा सोहि परियोजना मार्फत दमक नगरपालिकामा आएको ५ लाख रुपैँयाको बजेट नगरपालिकाले दिने छ ।
यो मेलामा खासगरी बेरोजगारीहरुले आएर कुन क्षेत्रमा कस्ता रोजगारका समभावना छन् तथा कामदार चाहिनेले कुन कुन सिप र दक्षता भएका कामदार खाली रहेछन भन्ने कुराका थाह पाउने छन् ।
मेलाको उद्धघाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गर्नु हुने आयोजकद्धारा आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा आयोजक सस्थाका पदाधिकारी, नगर प्रमुख थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई तथा इन्स्योरका प्रतिनिधीका साथमा विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।










