दमक/
१०१ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी सस्था लिमिटेड सम्मानीत भएको छ ।
आज कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी राजिस्ट्रार तथा प्रशिक्षण कार्याललय सुनसरीले बिराटनगरमा औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
‘आर्थिक वर्ष २०७९/८० मा यस कार्यालयलको नियमन क्षेत्रभित्रका विषयगत सहकारी सस्थाहरुमध्ये सस्थागत सुशासनका सुचकाङक्हरुका आधारमा मुल्यांकन हुँदा झापा जिल्ला दमक नगरपालिका वडा नं ६ स्थित मेची बहुउद्धेस्य सहकारी सस्था लि.बहुउद्धेस्य विधातर्फको उत्कृष्ट सस्थाको रुपमा छनौट हुन सफल भएको छ ।’ प्राप्त सम्मान पत्रमा लेखिएको छ ।
सो कार्यक्रममा सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी सस्थालाई पनि यहि प्रकृतीको सम्मान गरिएको छ । यसलाई चाहि बचत तथा ऋणको बिधातर्फबाट सम्मान गरिएको जनाइएको छ ।
विभागिय मन्त्रालयका सचिव लेखराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वर्तमान समयमा सहकारीहरुको अवस्थाका बारेमा पनि छलफल भएको थियो भने बचत कर्ताहरुमा बिस्वास बढाउने खालका काम र कार्यक्रम गर्न सहकारीहरुलाई अनुरोध गरिएको थियो ।