दमकका खाद्य उद्योगहरुमा प्रयोग गर्ने तेल ‘खतरा’को तहभन्दा माथी’

laxmi neupane

दमक/
दमकमा खाद्य सम्बन्धिका केहि उद्योगहरु छन् । ती उद्योगहरुको उत्पादन अवस्था कस्तो छ भनेर हामी समय-समयमा अनुगमनमा निस्कछौ । नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाबाट हामी अनुगमनमा निस्कने हो ।

खासगरि दमकमा उत्पादन हुने खाद्य पदार्थहरुको अवस्था कस्तो छ भन्ने कुराको परिक्षण गर्न नगरपाकिलामा ल्यावनै स्थापना गरिएको छ । ल्यावमा भएका केहि केहि यस्ता उपकरण पनि हामीसँग छन् जुन हामीले साथमै लिएर पनि जान मिल्छ ।

त्यहि मध्येको एउटा उपरणको नाम हो फ्राइङ ओईल मनिटर । यसले खाद्य पदार्थ पकाउन प्रयोग हुने तेलको अवस्था कस्तो छ भन्ने कुराको नापजाँज गर्छ ।

यो उपकरण अनुसार संकेत गर्छ । हामीसँग भएकोले हरियो र रातोको संकेत गर्छ । यस्तै अर्को उपकरणले पहेलोको पनि संकेत गर्छ ।
तर हामीसँग भएकोले दुईवटा मात्रै संकेत गर्ने भएकोले हामी त्यहि अनुसारको रिपोर्ट तयार पर्छौ र रिपोर्टका आधारमा तेलको अवस्था कस्तो रहेछ भनेर भन्न सक्छौ ।

हामीसँग भएको फ्राइङ ओईल मनिटरले टि पि एम २५ प्रतिशत भन्दा कम देखायो भने हरियो देखाउँछ भने टि पि एम २५ भन्दा माथी देखायो भने त्यो तेल कुनैपनि खाद्य पदार्थ पकाउनकालागि योग्य छैन भन्ने यकिनका साथ भन्न सकिन्छ ।

हामी केहि दिन अघी यहि फ्राइङ ओईल मनिटर लिएर दमकमा रहेका केहि उद्योगहरुमा अनुगमन गर्यौ । अनुगमन गर्ने क्रममा हामी भुजीया तथा दालमोठ उद्योग, थुक्पा उद्योग र बिस्कुट तथा पाउरोटि उद्योगमा पुग्यौ । हामीसँग भएको उपकरणले यहाँ प्रयोग गरिएको तेल कस्तो छ भन्ने कुरा क्षणभरमै रिपोर्ट दिन्थ्यो । यसरी परिक्षण गर्दा अधिकाश उद्योगहरुमा प्रयोग गरिएका तेलहरु पूःन प्रयोग गर्न योग्य थीएनन् अर्थात टि पि एम २५ प्रतिशत भन्दा बढि देखिएको थियो ।

त्यस्ता तेललाई हामीले तुरुन्तै नष्ट गर्न लगाउथ्यौ । सोहि क्रममा हामी उद्योगभित्रको सरसफाई, लेभलिङ लगायतका कुराहरुपनि हेर्ने गथ्र्यौ । यस सन्दर्भमा पनि दमकका दालमोठ , पाउरोटी र थुक्पा उद्योगहरुमा सरसफाईमा खासै ध्यान दिएर सफा ठाउँमा उत्पादन गरेको पाइएन । हामीले त्यस्ता उद्योगहरुलाई सुधार गर्न सुझाव दिने गर्छौ ।

सुझाव दिएपछि हामी अर्को पटकको अनुगमनमा जाँदा त्यहाँ के सुधार भएछ भनेर पूःन हेर्न जान्थ्यौ । त्यहाँ जादा पहिलाको भन्दा केहि सुधार देखिन्थ्यो ।

हामीले दमकबासीलाई दमकको उत्पादन खाँदा वा सेवन गर्दा स्वच्छ खान पाउनु पर्छ भन्ने उदेस्यका साथ समय समयमा अनुगमन गरिरहेका हौ ।

न्यौपाने दमक नगरपालिकामा खाद्य अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन