दमकका तीन सहकारी सम्मानीत

 

दमक/
दमक क्षेत्रलाई आफ्नो प्रमुख कारोबारको क्षेत्र बनाएर काम गरिरहेका तीन वटा सहकारी सस्थाहरु सम्मानीत भएका छन् ।

राष्ट्रिय सहकारी बैकंको १८ औ स्थापना दिवसको अवसरमा विराटनगरमा सम्पन्न भएको कार्यक्रममा स्वणर् लक्ष्मि बचत तथा ऋण सहकारी सस्था, दमक बहुमुखी सहकारी र नवदुर्गा बहुउद्धेस्य सहकारी सस्था लिमिटेडलाई सम्मान गरिएको हो ।

 

‘आर्थिक वर्ष २०७७/७८ मा शाखा कार्यालय दमकसँग सदस्य सहकारी सस्थाले गरेको कारोबारको आधारमा शाखा स्तरिय उत्कृष्ट कारोबार विधामा पर्न सफल भएकोमा प्रंशाषा पत्र सहित सम्मान गरिएको छ ।

बैकंका अध्यक्ष केपी उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले हस्ताक्षर गरेको सो सम्मान पत्र स्वणर् लक्ष्मि सहकारीका तर्फबाट सस्थाका अध्यक्ष बुद्धि सागर बराल सहित पदाधिकारीहरुले ग्रहण गर्नु भएको थियो ।

यो सम्मानले सस्थाले आफ्ना सदस्यहरुमा गर्ने कारोबारलाई अझ बढि व्यवस्थित गर्न र सदस्यहरुको बचत तथा लगानीलाई सुरक्षित बनाउन थप जिम्मेवार बनाएको सस्थाका प्रबन्धक कमल घिमिरेले उज्यालो खवरलाई प्रतिकृया दिनु भएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp