रङपुर सडक : असारमै हतार हतार किन काम ? ‘बजेट समयमा नआएर निर्धारित समयमा सकिएन ’(भिडियो रिपोर्ट)

 

दमक/
झापाको कमल गाउँपालिका स्थित रङपुरबाट गौरादह जोड्ने सडक अहिले धमाधम कालोपत्रे हुने काम भइरहेको छ ।
बाह्रघरे -रङपुर गुहाबारी सडक बन्नु पर्छ भन्ने कुरामा स्थानियबासीहरुको वर्षौदखिको सपना थियो । लामो पर्खाइपछि बनेको यो सडकले गाउँमा विकास हुन थालेछ भन्ने कुराको प्रत्याभूति दिन थालेको स्थानिय उपभोक्ताहरुले प्रतिकृया दिएका छन् ।

गाउँका उत्पादन शहरका बजारमा लगेर बेचेर आम्दानी बढाउन पाइने भइयो भन्ने कुरामा अव यस क्षेत्रका नागरिकहरु हर्षित भएका छन् भने अव अन्य विकासका पूर्वाधार पनि बन्छ भन्नेमा विस्वस्त छन् ।

जे एण्ड जे गिताञ्जली जेभि निर्माण कम्पनीले यो सडक निर्माण गर्ने काम गरिरहेको छ । १७ करोड ५० लाख रुपैैया लगानीमा बन्न लागेको यो सडक १२.५ किलोमिटर लामो छ । ५.७५ मिटर चौडाई रहेको यो सडक अहिले ६ किलोमिटर भन्दा बढि क्षेत्र सडक बनाउने काम सकिसकेको छ । डेढ किलोमिटर त कालोपत्रे नै सकिएको छ । निर्माण कम्पनीका अनुसार अहिले सम्म आर्थीक रुपमा ११ करोडको काम सम्पन्न भइसक्यो । तर ठेक्का लगाउने निकाले समयमा भुक्तानी नदिएका कारण काम गर्न असहज भएको कम्पनीका प्रोप्रइटर राजकुमार थापा बताहुन्छ ।

२०७९ साल असार ३० गते निर्माण गर्ने भनेर सम्झौता भएको छ । यो सडक आगामी २०८१ साल असार ३० गते सम्ममा सक्नु पर्छ । अर्थात अव एक वर्षभित्रमा यो सडक पूणर् रुपमा बनि सक्नु पर्ने छ । अहिले पछिल्लो समय मौसमले साथ दिएमा ग्रावेल गरिसकेको क्षेत्रमा यहि असार मसान्त भित्रमा कालोपत्रे गरिसक्ने लक्ष्य रहेको दमक स्थित सडक डिभिजन कार्यालय दमकका सव इन्जिनियर दिनेश कुमार यादवको भनाई छ ।

कमल गाउँपालिकाको वडा नं ६ स्थित गुवाबारी देखी सैनिक चौक,रङपुर,बाह्रघरे, सिताचौक, स्कुलचौन हुँदै दामुना सम्म यो सडक पुग्छ । अहिले निर्माणाधिन यो धमाधम कालेपत्रे भइरहेको छ । यहाँका स्थानिय जनप्रतिनिधीहरुले आवश्यकताको महसुस गरेर यो सडक सरकारी योजनामा पार्न सफल भएका हुन । यसैको पहलले सार्थकता पाएर अहिले काम चलिरहेको छ यहि कमल गााउँपालिका वडा नं ७ का वडाध्यक्ष पृश्वि राई बताउनु हुन्छ ।

नेपाल सरकारले सबै सांसदहरुको निर्वाचन क्षेत्रमा एक एक वटा रणनितीक सडक बनाउने घोषणा गरेबमोजिम यो योजना पनि त्यहि घोषणा अन्र्तगतको हो । यहि क्षेत्र अर्थात झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधीसभा सदस्यद केपि शर्मा ओलीको निर्वाचन क्षेत्रलाई लक्षीत गरेर सरकारले यो सडकको योजना पारिदिएको हो ।

यो सडक निर्माणका क्रममा यहि क्षेत्रका प्रदेश सांसद होम बहादुर थापा अनुगमनमा जानु भएको छ । अनुगनका क्रममा केहि ठाउँमा कैफियत पनि भेटिएको र ती ठाउँमाहरुमा सुधार गर्न निर्माण पक्षलाई सुझाव दिइएको उहाँले उल्लेख गर्नु भयो । कामलाई सहि तरिकाले विना अवरोध गर्ने हो भने निर्धारित समयमै सकिने विस्वास उहाँमा रहेको छ ।

यो सडकले दमक सम्मको दुरी छोट्याइदिएको छ । अव गौरादह जान पनि साझै जान सकिने छ भने अन्य विभिन्न बजारहरु सम्म निस्कन यो सडकले सहजता दिने विस्वास गरिएको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग