दमक/
लुका राई दमकमा नयाँ नाम हो । व्यवसायीक क्षेत्रका लागि । उहाँको घर शिवसताक्षी । व्यवसाय गर्न ै दमक आउनु भएको हो । दुई वर्ष अघी मात्रै ।
यस भन्दा पहिला उहाँ रोजगारका लागि यू ए इ मा हुनुहुन्थ्यो । त्यहाँ चित्तबुझदै काम र कमाई थियो । यद्यपी सँधै विदेशमात्रै पनि बस्ने कुरा भएन आफ्नै देश फर्केर केहि नयाँ काम गर्ने सोच बनाउनु भएको थियो । त्यो सोचलाई पुरा गर्न जतिबेला उहाँ स्वदेश फर्कनु भएको थियो त्यो बेलाको परस्थिती साँच्चै नराम्रो थियो ।
विस्वभरनै कोभिडले सन्नाटा छाएको बेला नेपाल फर्कनु भएका लुकाले अव फेरि विदेशनै जानुपर्ने हो त भन्ने पनि सोच बनाइसक्नु भएको थियो । तर फेरि विदेश जाने त्यो सोच त्यसबेला परिवर्तन भयो जतिबेला सरकारले विदेशबाट फर्केका यूवाहरुलाई सहुलियतमा सहयोग गर्छ भन्ने कुरा थाह पाउनु भयो ।
स्वदेशमै केहि नयाँ योजना बनाएर काम सुरु गर्नकालागि लुकाकालागि यो नै पहिलो सहयोगी खुड्किलो बन्यो । र उहाँले सुरु गर्नु भयो दमकमा ग्यारेज क्याफे । जसको अहिले यहाँ बेग्लै पहिचान बनेको छ । क्याफेभित्रको सौन्दर्यकरण यसको प्रमुख कारण हो । अनी यहाँका कर्मचारीहरुको सेवा गर्ने तरिका । यो सबै कुराको सोचलाई व्यवस्थित बनाउने काम लुकाले गर्नु भयो । तर सरकारले विदेशबाट फर्केकालागि गर्ने भनेको त्यो सहयेग चाहि उहाँले पाउनु नै भएन । यद्यपी उहाँ दुखी हुनुहुन्न । उहाँलाई लाग्छ कोरोनाकाला थिएन भने अनी त्यो बेला सरकारी सहयोग पनि मिल्छ भन्ने बाहना मिलेकाृ थिएन भने सायद लुका अहिले पनि विदेशी भूमिमै पसिना बगाइरहनु भएको हुने थियो । तर उहाँ ती कारणले नै गर्दा दमकमा फरक पहिचान स्थापीत गरेर नयाँ ब्रण्ड बन्दै हुनुहुन्छ ।
सुरुमा ६० देखी ६५ लाखमा यो क्याफे खोल्नु भएका लुकाले अहिले दुई वर्षको अवधिमा यो लगानीलाई दुई गुणाले बढाउनु भएको छ । अहिले करिव डेढ करोडको लगानी पुगेको छ भने व्यवसायको क्षेत्र पनि बिस्तारित भएको छ । यदि यती पैसा कुनै वित्तिय सस्थामा मुद्यती खातामा राखेको भए एक डेढ लाख रुपैँया बिना मिहनत आउँथ्यो । तर उहाँलाई केहि न केहि नयाँ काम गर्नु छ । पहिचान बनाउनु छ । आफु मात्रै खुसी हुनु मात्रै जीन्दगी हैन आफ्ना कारणले अरुको मुहारमा पनि खुसी ल्याउन सक्नु चाहि जीवन हो भन्ने लाग्छ र हर क्षण नयाँ काम गर्न रुचाई रहनु हुन्छ ।
यता दमकमा १४ वर्ष देखी मार्वलको व्यवसाय गर्दै आउनु भएका चन्द्र प्रसाद भट्टराईको संघर्ष भने लुकाको भन्दा केहि फरक छ । उहाँ आफ्नो यौवन उमेरमा कुनै भारतिय उत्पादनको बजार प्रतिनिधी भएर काम गर्नु हुन्थ्यो । त्यो उत्पादनको बजारीकरणकालागि मेचि महाकाली सम्मै पुग्नु हुन्थ्यो । लामो समय सम्म यस प्रकारको काम गरेपछि उहाँमा मनसपटलमा यो मिहनत र संघर्ष अव आफ्नै लागि गर्ने हो भन्ने । उहाँले भट्टराईको बंश अनुसार साइनोले काका पर्नेबाट व्यवसाय सम्बन्धीको सुझाव लिनु भयो । बजार स्थापित गर्न सक्नेकालागि मार्वल तथा सेनेटिरी व्यवसाय फलदायी छ भन्ने कुरा उहाँबाट पाउनु भयो । त्यसपछि उहाँ दमक आउनु भयो । दमक आएर उहाँले यहाँका केहि भद्रभलाद्मीको साथ पाउनु भयो र सुरु गर्नु भयो पाथीभरा हार्डवेयर एण्ड सेनेटरी स्टोर ।
सुरुमा स्थापीत हुँन केहि चुनौती भयो । तर निरन्तर लागेपछि उहाँ अहिले स्थापित हुनु भएको छ र पाथीभरा हार्डवेयर एण्ड सेनेटरी भन्दा पनि भट्टराई दाईको पसल भन्ने नयाँ पहिचान बनाउन सफल हुनु भएको छ । सबै भन्दा पहिला सामान कहाँबाट ल्याउने ? उत्पादकको पहिचान गर्ने, ल्याइने सामानको भन्सार तीर्न सक्ने क्षमता आफुमा हुनुपर्छ । यी चुनौतीलाई पार लगाउने हो भने उहाँको क्षेत्रमा सफल व्यवसायी बन्न सकिन्छ । उहाँले सुरुमा आफन्त तथा केहि साथीभाईसँग सर सापट गरेर यो व्यवसाय सुरु गर्नु भएको थियो । पछि उहाँले आफ्नो व्यवसाय बढाउँदै लैजानु भयो । उहाँलाई लगानीको आवश्यक पर्योे । ऋण लिनु भयो । बित्तिय सस्थाबाट । तर उहाँले लीएको त्यो ऋण यहि व्यवसायमा मात्रै लगानी गर्नु भयो ।फुटकर खर्च कहि भएन । त्यसैले उहाँलाई त्यो ऋण तिर्न कुनै समस्या भएन । पसलमा गरेको लगानी पसललेनै तीर्छ । छिटो पैसा कमाइन्छ भन्ने सोचले अनुत्पादक क्षेत्रमा लगानी गरियो भने त्यो जोखिम हुन्छ भन्ने कुरा उहाँले बुझ्नु भएको छ ।
उहाँ यो क्षेत्रको एक प्रेरणा बनि सक्नु भएको छ । उहाँले व्यवसाय गरेको देखेरनै उहाँकै पसल छेउमा अर्को यस्तै प्रकारको सेनेटरी पसल खुलेको छ । दमकका अन्य ठाउँमा र दमक बाहिर पनि खुलेका छन् । सबैलाई उहाँले कम्पनीमा लगेर सामान चीन्न र किन्न सिकाउनु भयो । नेपाल ल्याइसकेछि त्यसलाई बेच्ने तरिका र त्यो बाट मुनाफा कमाउने उपाय पनि सिकाउनु भयो । अहिले ती पसलहरु मज्जाले चलीरहेका छन् । भट्टराई भन्नु हुन्छ यो व्यवसाय गर्न चाहने जो सुकैपनि आउने हो भने अहिले पनि आफुले आफ्नो अनुभव बताउने र सँगै डोर्याएर सिकाउने पनि छु । जतिबेलै जो पनि आए हुन्छ ।
चन्द्र प्रसादसँग अली अली मेल खान्छ दुर्गानन्द शाहको कथा पनि । उहाँले पनि सुरुमा अरुकै लागि काम गर्नु भयो । तर उहाँले जहाँ जे काम गर्नु हुन्थ्यो । त्यहि कामलाई आफ्नोपनमा ढालेर आफै सुरु गर्नु भएको हो । दुर्गानन्दको स्थाई घर बिराटनगर हो । बिराटनगरबाट सुरुमा काम गर्न भन्दै दमक आउनु भएको उहाँ एउटा मोटर साईकलको सोरुममा काम गर्नु हुन्थ्यो । त्यहाँ काम गर्दा न्यूनतम पारिश्रमिक आउने भएपछि त्यसबाट खास प्रगती नहुने रहेछ भन्ने सोच्नु भयो र आफै वर्कसप खोल्नु भयो । तर सुरुमा उहाँले दमकमा नभएर केर्खामा खोल्नु भयो । तर त्यहाँ उहाँले आफुलाई असुरक्षीत महसुस गरेको र बाहिरबाट आएको भन्दै अवजस खेप्नु परेको त्यो तीतो अनुभव सुनाउनु भयो ।
सुरुमा ४/५ लाख रुपैँयाको लगानीबाट व्यवसाय सुरु गर्नु भएका दुर्गानन्दले अहिले यहि व्यवसाय गरेर दमक चोक क्षेत्रमा घर घडेरी जोड्नु भएको छ । छोराछोरीलाई आफुले चाहेको विद्यालयमा बढाउन सक्नु भएको छ । आफ्नो व्यवसायबाट सन्तुष्ट हुनु भएका शाह भन्नु हुन्छ अव भने यो व्यवसायमा चुनौती बढन् थालेको छ । खास गरि अस्वस्थ्व प्रतिस्पर्धा अनी नयाँ नयाँ प्रविधिको विकास । यी दुवै चुनौतीसँग जुध्नकालागि लगानी बढाउनु पर्छ । तर अव लगानी अनुसारको मुनाफा कम हुन्छ । त्यसैले उहाँ भन्नु हुन्छ अहिले त टीक्न पनि निकै संघर्ष गर्नु पर्छ । आउने ग्राहक तथा सेवाग्राहिलाई एक मिनेट पनि होल्ड गराउन सकिदैन ।
यो व्यवसायमा आउने चाहनेले लगानी मात्रै लिएर आउँदा हुँदैन । अनीवार्य सिप सिक्नै पर्छ । यो प्राविधिक काम भएकोले यसमा काम गर्नेहरुपनि निकै कम पाइन्छ । अनी पाइहालेपनि डेगिलो हुँदैनन् । उनीहरु कुनै दिन आएनन् भने र आफुले लगानी मात्रै गरेको छ भने त्यो दिन सटर लगाउनुको विकल्प हुँदैन । त्यसैले वर्क सप सम्बन्धीको सबै सिप सिक्ने र अवको नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्नेहरुकालागि मात्रै यो क्षेत्रमा अवसर रहेको उहाँले बताउनु भयो ।
लुका राईको व्यवसायीक लुक्स यत्तिकै परिस्कृत भएको होईन । उहाँमा भएको सकरात्मर्क उर्जानै प्रमुख कारण हो । अनी उहाँसग व्यवसायीक यात्रामा सहयोग गर्ने वित्तय सस्थाको साथ उपलब्धीको अर्को आधार हो । र उहाँले आफ्नो व्यवसायीक यात्रामा उर्जाशिल साथ दिने दमक ६ मा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी नै रहेको उहाँले सुनाउनु भयो । उहाँको लगनशिलतालाई देखेर भन्ने बित्तिकै ऋण दिएर उहाँलाई दमकमा स्थापीत गराउन सुर्यर्दशनको साथ रहेको उहाँको भनाई छ ।
यता चन्द्र प्रसाद भट्टराईको त्यो व्यवसायीक चतुर्याइलाई थप चहकिलो बनाउने काम पनि सुर्यदर्शनले नै गरेको उहाँ बताउनु हुन्छ । व्यवसाय सुरु गर्दा पसलमै आएर पसल अझ बढाउन हौँसाला दिने, आवश्यक पर्ने वित्तिय सहयोग आफुहरु गरिदिने भन्दै जुन हौसाला सुर्यदर्शन मार्फत पाउनु भएको थियो उहाँले आफ्नो सफलताको श्रेय पनि त्यसैलाई दिनुभएको छ ।
र दुर्गानन्दलाई दयाँ गर्ने पनि यही सुर्यदर्शननै रह्यो । तपाईको व्यवसाय कस्तो छ भन्दै सोध्ने, यसलाई अझ विस्तार गर्न सहयोग चाहिन्छ भन्दै चासो र चिन्ता व्यक्त गर्ने एक अभिभावकीय भूमिका दुर्गानन्दको व्यवसायीक यात्रामा सुर्यदर्शन सहकारीको छ । जसले गर्दा उहाँ दमकमा अहिले सम्म एक सफल वर्क सप गर्न सकिरहनु भएको छ ।
काममा उर्जा भएका , व्यवहारमा इमान्दारिता भएका र नयाँ केहि काम गर्छु भन्नेहरुकालागि सुर्यर्दशन सध्ै व्यवसायीक सहयात्री बन्ने गरेको छ । जसले गर्दा सदस्यहरुमा पनि सहकारीको विस्वास अझ बढिरहेको छ ।
भिडियो हेरौ
काममा उर्जा भएका , व्यवहारमा इमान्दारिता भएका र नयाँ केहि काम गर्छु भन्नेहरुको कथा – YouTube










