दमक/
मोरङको उत्तरी तर्फ पर्छ लेटाङ नगरपालिका । यो नगरको बजार क्षेत्रमै पर्ने वडा हो वडा नं ३ ।
यो वडाको नेतृत्व गरिरहनु भएका वडाध्यक्षको नाम हो डम्बर बहादुर राई ।
उहाँको पारिवारिक पृष्ठभूमि सर्वसाधरणको भन्दा फरक छ ।
उहाँका पारिवारका अधिकांश सदस्यहरु यूकेमा हुनुहुन्छ । सबै आफन्त यूकेमा बसोबास गर्ने डम्बर बहादुर भने उतातर्फ जानु भएन ।
‘ म मात्रै खुसी भएर भयो त ? मसँगैका मेरा साथी , मेरा छिमेकी, मेरा वडाबासि सबैमा खुसी ल्याउन सकिएन भने म मान्छे हुनुको के अर्थ रह्यो र ?’
उज्यालो खवरसँग कुराकानी गर्दै वडाध्यक्ष राई भन्नु हुन्छ ‘यहाँ स-साना समस्या छन्, तीनै समस्यमा यहाँका बासिन्दाहरु रुमलिरहेका छन् ।
म ती समस्यालाई दिगो रुपमा समाधान गर्दै सहज जीवन यापन गर्ने गरिको अवस्था बनाउन वडाध्यक्ष भएको हु ।’
राईसँगको भिडियो संवादलाई तलको लिंकमा राखीएको छ ।