दमक/
भन्सार नतिरी सामान ल्याईएको भन्दै यसको रोक लगाउन नया जुक्ति अपनाईएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाले एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेको जनाएको छ ।
पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकाहरुलाई भन्सार शुल्क तिराउन नाकामै चेकजाँचमा कडाई गर्न थालेका छन् ।
भन्सार र सुरक्षाकर्मीको कडाईपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।
एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जानेहरु निरुत्साहित भएका छन् ।
पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकाहरुलाई भन्सार शुल्क तिराउन नाकामै चेकजाँचमा कडाई गर्न थालेका छन् ।
भन्सार र सुरक्षाकर्मीको कडाईपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।
सीमावर्ती भारतीय बजार पानीटंकी, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेहरुले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्राउँदै आएका थिए ।