वडाअध्यक्षद्वारा किसानलाई डिप बोरिङ चलाउन प्रतिबन्ध ,अदालती शैली प्रयोग भन्दै बिरोध

पथरी/

वडा अध्यक्षले अपरिपक्क निर्णय गर्दा स्थानिय किसानलाई मार्का परेको छ । पथरीशनिश्चरे ३ का वडा अध्यक्ष बिजय लिम्बुले अदालत जसरी आदेश दिएर किसानको खेतीमा प्रयोग हुँदै आएको डिप बोरिङ चलाउनै प्रतिबन्ध लगाएको नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष राज पोयागुले बताएका छ्न ।

 

वडा अध्यक्षको कार्य बिरुद्ध हरियाली सामुदायिक बनका अध्यक्ष समेत रहेका स्थानिय काबुल बहादुर मगर न्यायको ढोका ढ्कढ्याउन न्यायिक समिती समेत पुगेका छ्न ।

 

वडा अध्यक्षले अदालतको जस्तो आदेश पत्र थमाएपछी खेतमा पानी लगाउन नै नपाएको पोयागु बताउछ्न । वडा अध्यक्ष लिम्बुले स्थानिय पिर्थ बहादुर लिङदेन र नरेन्द्र रिजालले सन्चालन गरेको डिप बोरिङ तत्काल बन्द गर्न आदेश दिएका हुन ।

 

अध्यक्षको आदेशले किसानलाई प्रत्यक्ष असर परेको भन्दै बनका अध्यक्ष काबुल मगरले पथरीशनिश्चरे नगरको न्यायिक समितिमा उजुरी गरेका छ्न । डिप बोरिङ चलाउदा स्थानियबासिको ट्युबेलमा पानी नआएको भदै वडा अध्यक्षले डिप बोरिङ बन्देजको आदेश दिएका हुन ।

 

वडा अध्यक्ष लिम्बुले बुझेरै आदेश दिएको प्रतिक्रिया दिएका छ्न । न्यायिक समितिले यश बिषयमा १५ दिन भित्र सबै प्रमाण ल्याउन वडा अध्यक्ष लिम्बुलाई पत्रचार गरेको छ ।

Share: