कमलको साधु होलीमा रकम हिनामिना गरेको आरोप, उपभोक्ता र अनुगमन समितीको हिसावमा आधा रकमनै फरक

 

दमक/
झापाको कमल गाउँपालिका वडा नं ५ स्थित साधु होलीलाई यहाँको सरकारले पर्यावरणीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको छ ।
यसको विकास , सम्वर्धन र संरक्षण गर्न बिगतका वर्षदेखीनै विभिन्न कामहरु भइरहेका छन् । बाह्रैमास पानी आइरहने भएकोले यसलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको छ ।

यही सन्दर्भमा यहाँ गत आर्थिक वर्ष २०७९÷८० मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत ३० लाख रुपैँया बजेट आएको थियो । सो बजेटले साधु होली सिमसार पर्यटकिय क्षेत्रको विकास गर्ने भनेर काम गर्नुपर्ने थियो । तर ३० रुपैँया बजेट आएको भएपछि १४ लाखमै काम सम्पन्न गरेर बाँकी रहेको रकम खाने उपभोक्ता समितीको प्रयास विफल भएको छ ।

यो काम गर्नकालागि भनेर यहि वडाका वडाध्यक्ष लाल बहादुर बिष्टको नेतृत्वमा उपभोक्ता समिती बनाइयो । त्यहि उपभोक्ता समिती र वडाध्यक्षको समेत मातहतमा रहने गरिको उपभोक्ता स्तरको अनुगमन समिती पनि बनाइयो । यसरी बनाइएका दुई समितीका खर्चमा एकरुपता नदेखिएपछि अहिले विषय विवादीत बनेको छ ।

उपभोक्ता समितीमा आईत बहादुर साम्वाहाम्फेको अध्यक्ष, सचिवमा नबिन भट्टराई , कोषाध्यक्ष कविता मगर र सदस्यहरुमा सिर्जना खड्का , ज्ञानेन्द्र लावती, गोपाल निरौला, र सिता देवान रहनु भएको छ ।

यस्तै वडाध्यक्ष विष्टकै अध्यक्षतामा तीन सदस्य अनुगमन उप समिती पनि बनाइयो । सो समितीको संयोजकमा पुष्प न्यौपाने रहनु भएको छ ।
संयोजक न्यौपानेले आयोजनाको काम सुरु भएदेखी अन्तिम दिन सम्म पनि केकेमा कति कति खर्च भयो सो को सबै हिसाव आफ्नो बहि खातामा टिपोट गरेर राखेको तर अध्यक्ष साम्वाहाम्फेले पछिल्लो पटक ल्याएको बिलमा मेल नखाएपछि यो विवाद अहिले बाहिरएको हो ।

अध्यक्ष साम्वाहाम्फेले यो आयोजनाको काम गराउन भन्दै दुई किस्ता गरेर रकम भुक्तानी लिइसक्नुभएको छ । पहिलो पटकको किस्तामै ९ लाख ५० हजार र दोस्रो किस्तामा ११ लाख गरि कुल २० लाख ५० हजार लिइसक्नु भएको छ । अन्तिम किस्ताको रकम ९ लाख ५० हजार रुपैँया निकासा गर्न भन्दै साम्वाहाम्फे माइनोट खाता मात्रै बोकेर आएपछि समितीका कसैलेपनि हस्ताक्षर समेत गरेरन् । समितीमा खर्च भएको बिल भर्पाइको माग गरेपछि अध्यक्षले सो बिल भर्पाई समितीमा राखेर छलफल नगराई बिना पास आफुखुसी बिल बनाएको भन्दै विरोध भएको थियो ।

यता अनुगमन समितीका संयोजक न्यौपानेले भने यो काम सम्पन्न गर्नकालागि कुल १४ लाख २६ हजार ८ सय ९६ मात्रै खर्च भएको विवरणको टिपोट राख्नु भएको छ ।

पहिलो र दोस्रो किस्ता गरि निकालीएको रकम बराबरको समेत काम नभएकोले अरु थप रकम निकालेर अरु थप काम गर्नुको सट्टा १४ लाखको काम सकेर २० लाख ५० हजार लिइसकेको र त्यस बराबरको समेत हिसाव नदेखाइ अझ अर्को किस्ताको रकम माग गर्न अध्यक्ष साम्वाहाम्फे आएपछि यसले विवाद बनाएको हो ।

खर्च अपारदर्शी भएको र यसबारेमा सार्वजनिक गराउन भन्दै न्यौपानेले गाउँपालिकालाई पत्र पनि लेख्नु भयो । सो पत्रको जवाफ दिदै गाउँपालिकाले वडाको संयोजकत्वमा सो आयोजानको खर्च सम्बन्धीको विवारण सार्वजनिक गराउन भनेर निर्देशन दिएको थियो । पालिकाले गत साउन ४ गते गरेको निर्देशनमा वडाले अहिले सम्म चासो नदिएको भन्दै वडाध्यक्ष विष्ट माथीनै समितीका अन्य पदाधिकारी तथा अनुगमन समितीका पदाधिकारीले संका गर्न थालेका छन् ।

अनुगमन समिती अध्यक्ष न्यौपानेले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘४ गते गाउँपालिकाले पठाएको पत्रको कार्यान्वायन गराउन वडाले अहिले सम्म तदारुकता नदेखाउनुको कारण के हो त ? भएको खर्च के मा कति कति भयो भनेर सुनाउन किन ढिलासुस्ती भएको हो ? ’ उहाँले प्रश्न गर्दै भन्नु भयो ।
यता उपभोक्ता समिती अध्यक्ष साम्वाहाम्फेले भने यो विषय अव आफु एक्लैको बसमा नरहेकोले छलफलका लागि भनेर वडा र पालिकामा निवेदन दिएको बताउनु भयो । उज्यालो खवरले यसबारेमा उहाँसग बुझ्न खोज्दा आफुले अहिले केहि नबोल्ने र वडा तथा गाउँपालिकाको छलफलमा मात्रै बोल्ने प्रतिकृया दिनु भएको छ । तर गाउँपालिकामा बुझ्दा अध्यक्ष साम्वाहाम्फेले छलफलको आह्वान गर्दै कुनैपनि निवेदन नदिएको बुझिएको छ ।

सचिवद्धारा राजिनामा

साम्वाहाम्फे अध्यक्ष रहेको यो समितीमा अध्यक्षको एकल हावि भएको , कहिलै बैठक नबसिएको, बिना छलफल , अध्यक्षले आफुखुसी गरेको र यसले आफुलाई विवाद बनाउने भन्दै समितीका सचिव भट्टराईले राजिनामा दिनु भएको छ ।

उहाँले गत असार २३ गतेनै वडा कार्याललय र गाउँपालिकाको कार्यालयमा राजीनामा सम्बन्धीको जानकारी पत्र पठाइसक्नु भएको छ । उहाँले अहिले सम्म भएको सबै काममा अध्यक्ष एक्लैले रकम भुक्तानी लिने काम गरेकोले त्यसमा आफ्नो कुनै संलग्न नरहेको पनि उल्लेख गर्नु भएको छ ।

गाउँपालिका भन्छ यो हाम्रो क्षेत्राधिकारमा पर्दैन

यसबारेमा कमल गाउँपालिमाका बुझ्दा यो आयोजना आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै पञ्छिएको छ । गाउँपालिकको अनुगमन समिती संयोजक समेत रहनु भएकी गाउँपाकिला उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले यो सबै काम, अनुगमन र भुक्तानी समेत राष्ट्रपति चुरेलेनै गर्ने रहेको बताउनु भयो । यद्यपी यस्तो विवाद आएको थाह पाएपछि आफुहरुले बाँकी रहेको रकम रोक्न पत्रचार गरेको उल्लेख गर्नुभयो । पछिल्लो समय यसको हिसाव सार्वजजनिक गराउन वडा कार्यालयलाई निर्देशन सहितको पत्र पनि पठाइएको र त्यसको कार्यान्वायन गराउन पूःन घचघचाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली