दमक/
डेजि एक प्रकारका फूलको नाम हो । सेतो पत्रभित्र पहेलो चमेली भएर फुल्ने फूल हो डेजि । हेर्दा आकर्षक र सुन्दर देखिने त्यो फूल जस्तै अव तपाईको अनुहार र शारिरलाई पनि डेजि फूल जस्तै आकर्षक बनाउन दमकमा खुलेको छ डेजि लाईफ स्किन केयर ।
४ करोड लगानीमा दमकका सक्रिय यूवा व्यवसायीहरुले सुरु गरेको डेजिको आज बिधिवत उद्धघाटन भएको छ ।
दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईको उपस्थितीमा उद्धघाटन गरिएको यो स्किन केयर कोशी प्रदेशकै अत्याधुनिक उपकरण र परिस्कृत सेवा रहेको दावि गरिएको छ ।
यसको सञ्चालक समितीका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ सौन्दर्य सम्बन्धीका सबै सेवा तथा अन्य स्वास्थ्य सम्बन्धीका अन्य सुविधा पनि यहाँ उपलब्ध रहेको छन् ।
‘अहिलेको व्यस्त दैनिकीमा ती व्यस्त मानीसहरुलाई लक्षित गरि स्वस्थ्य र तन्दुरुस्त बनाउने सबै प्रकारको सुविधा यहाँ उपलब्ध छ । ’ अधिकारीले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो अव जतिसुकै भागदौडको जीवन जिएपनि हप्तामा एक दिन केहि समय मात्रै फुर्सद निकालेर डेजिमा आए त्यो व्यवस्त शरिरलाई पनि हामी तन्दुरुस्त बनाउने छौ ।’
यहाँ उपलब्ध भएका उपकरणहरु अत्याधुनिक हुनुका साथै सेवा दिने विषेशज्ञहरुपनि अनुभवी रहेकोले सेवा गुणस्तरिय हुने कुरामा ढुक्क रहेको डेजिका निर्देशक सुयोग खरेल बताउनु हुन्छ ।
‘हामी यहाँको हस्पिटालिटिलाई वेष्ट बनाउने कुरामा केहि बाँकी राख्दैनौ, सनो भन्दा सानो आवश्यकतालाई पनि हामी पुरा गर्ने भरपुर प्रयास गर्ने छौ ।’ खरेलको भनाई छ ।
यसले दमक सहित पूर्वि नेपालका सेवाग्राहिलाई गुणस्तरिय सेवा दिने कुरामा सफलता मिलोस भन्दै नगरकी उप प्रमुख भट्टराईले व्यवसायीक सफलताको सुभकामना दिदै भन्नुभयो ‘गुणस्तरिय सेवा दिदै शुल्क पनि सर्वसुलभ होस ।’
नगर प्रमुख थापाले अहिलेको समयको मागलाई पुरा गर्न डेजि सक्षम बनोस भन्दै सुभकामना दिनु भएको थियो ।
उद्धघाटन कार्यक्रममा दमकका विभिन्न सामाजीक, राजनैतिक तथा अन्य व्यवसायकि सघं सस्थामा आवद्ध प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
भिडियोमा हेरौ