भद्रपुर नाका : नेपाली नम्बर प्लेटवाला मोटरसाईकलमा लगाईएको त्यो निशेध

झापा/

साउन १९ । नेपाल–भारत व्यापार र पारवहन सन्धिविपरित भारतीय पक्षले भद्रपुर–गलगलिया सीमा नाकाबाट ओहोरदोहोर गर्ने दुई पांग्रे नेपाली नम्बर प्लेट भएका मोटरसाइकलमाथि रोक लगाएको छ ।

भारतका महावाणिज्य दूतावास वीरगन्जले पठाएको पत्रलाई आधार मानेर गलगलिया भन्सार कार्यालयले भद्रपुर नाकाबाट गलगलिया बजारसम्म जाने नेपाली नम्बर प्लेट भएका मोटरसाइकलमाथि रोक लगाएको हो । भन्सार कर्मचारीको आदेशमा भारतीय एसएसबीले सीमा नाकामै मोटरसाइकलमाथि रोक लगाएपछि सर्वसाधारण नेपालीले सास्ती झेल्नु परेको छ ।

परमिट नभएको मोटरसाइकल भारत प्रवेशमा रोक लगाउँदा सवारी धनीहरू आ–आफ्नो मोटरसाइकल सीमामै राखेर पैदल गन्तव्यतर्फ जान बाध्य भएका छन् । माथिको आदेश भन्दै भन्सार कर्मचारीले बिहीबार दिउँसो १२ बजेदेखि एक्कासि मोटरसाइकलमाथि रोक लगाएको बताइएको छ ।

नेपाली नम्बर प्लेट भएका मोटरसाइकल प्रवेशमाथि रोक लगाउन लागेको अग्रिम कुनै सूचना वा जानकारीसमेत भारतीय पक्षले नेपाली पक्षलाई दिएको छैन ।

दुई देशका सरकारबीच सन् १९६० भएको सम्झौता अनुसार नेपाली गाडीहरू भारतीय सीमा बजार वा रेल्वे स्टेसनसम्म जान पाउने भनिएको छ, त्यसमा कुनै परमिट चाहिँदैन । भारतीय सीमा बजार वा रेल्वे स्टेसनबाहेकको दुरीसम्म जाने, भारतमा एक दिन वा त्यसभन्दा बढी दिन बस्ने नेपाली सवारीसाधनले भारतीय दूतावास, काठमाडौँ वा महावाणिज्य दूतावासबाट वाहन अनुमति परमिट लिनुपर्छ भनी लेखिएको छ । तर, गलगलिया भन्सार कर्मचारीले सन्धिविपरीत नै मोटरसाइकलमाथि रोक लगाएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

सन्धिविपरीत भारतीय सीमा बजारसम्म जाने मोटरसाइकललाई समेत रोक लगाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भद्रपुरका डीएसपी श्यामसंगति महर्जन र वडा प्रहरी कार्यालय भद्रपुरका सन्तोष बुढाथोकी, पत्रकारसहितको टोलीले गलगलिया भन्सारका सुपरिटेन्डेन्ट उमेश कुमारलाई गएर कार्यालयमै भेटेको थियो ।

भन्सारका सुपरिटेन्डेन्ट उमेश कुमारले भन्सार हेडक्वार्टर पटनाले सबै मोटरसाइकलमाथि रोक्न लगाउनु भनी कुनै आधिकारीकपत्र भने नपठाएको स्विकारेका छन् । हेडक्वार्टरले भारतका महावाणिज्य दूतावास वीरगन्जले पठाएको पत्र नै इमेल गरी दुई दिन अघि पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै मोटरसाइकलमाथि रोक लगाएको उनले बताए । यसबारेमा हेडक्वार्टरमा कुरा गरी छिट्टै मोटरसाइकल आवतजावतलाई सहज बनाउने उनको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त