भद्रपुर/
झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीवन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ ।
झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।
अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।