Search
Close this search box.

 

दमक/
झापाको कमल गाउँपालिकाको उत्तर तर्फमा रहेको साधु होली संरक्षण तथा व्यवस्थापन गर्न भन्दै राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिती कार्यक्रम कार्यान्वायन इकाइ सलकपुर मोरङबाट ३० लाख रुपैँया बजेट आएको थियो ।

चुरेले यस अघी पनि यहाँ काम गरेकोले त्यसलाई पूर्णता दिन भन्दै काम बजेट बिनियोजन गरेर काम गराएको हो ।

यो पटक स्थानिय भेला गराएर वडाध्यक्षको रोहबरमा उपभोक्ता समिती बनाइ उपभोक्ताकै निगरानीमा अनुगमन समिती समेत बनाएर काम सम्पन्न भएको यो आयोजनामा यो पटक चाहि विवाद भएको छ ।

विवाद खासगरी चुरेले गरेको इस्टमेट भन्दा कम पैसामै योजना सम्पन्न भएको र त्यसको फर फारक गराउने बेलाको अन्तिम किस्ता रकम निकाल्ने बेलामा यो विवाद बाहिर आएको थियो ।

यस सम्बन्धीमा उज्यालो खवरले यस अघीनै समाचार प्रकाशन गरिसकेको छ ।

गाउँपालिकाले योजनामा विवाद आएपछि यसको हर हिसाव सार्वजनिक गर्न भन्दै कार्यक्रम गर्न भनेर उर्दी सहितको पत्र पनि जारी गरेको थियो ।
वडाध्यक्षको सकृयतामा सो आयोजनाको हर हिसाव सार्वजनिक गराउन भनि गरिएको निर्देशन अनुसार आज आयोजना सम्पन्न भएको स्थलमै गाउँलेलाई भेला पारि उपभोक्ता समितीले हिसाव सार्वजनिक गर्योे ।

समिती अध्यक्ष आइत बहादुर साम्वाहाम्फेले अहिले सम्मको हर हिसाव सार्वजनिक गर्नु भयो । उहाँले सार्वजनिक गरेको हिसाव अनुसार योजना सम्पन्न गर्न कुल २३ लाख रुपैँया खर्च भएको छ । अहिले सम्म २० लाख ५० हजार रुपैँया चुरे बाट भुक्तानी निकालीएको छ । बाँकी पैसा आफैले खर्च गरेको तर अन्तिम भुक्तानी निकाल्ने बेलामा समितीमा विवाद भएपछि भुक्तानी निकाल्न नपाइएको बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा समितीका सचिव नबिन भट्टराईले अध्यक्ष साम्वाहाम्फेले अन्मित भुक्तानीकालागि बैठक बोलाउँदा बैठकमा उहाँले अहिले सम्मको कुनैपनि बिल भपाई पेष गर्न नसक्नु भएकोले यहाँ विवाद हुने रहेछ भनेर आफ्नो जागिर जोगाउन आफुले राजीनामा दिएको बताउनु भयो ।

अनुगमन समितीका संयोजक पुष्प न्यौपानेले समितीले भने जस्तो २३ लाख रुपैया पनि यहाँ खर्च नभएकोले अहिले सम्मको खर्च भएको सक्कल बिल पेष गर्न अध्यक्षसग माग गर्नु भएको थियो ।

यसपछि कार्यक्रममा सहभागी भएकाहरुले पनि अनुगमन समितीको टिपोट तथा रिपोर्ट र उपभोक्ता समितीको बिला भर्पालाईलाई दाँजेर हेर्न माग गरेका थीए ।

यसरी हिसाव सार्वजनिक गर्न भनी बोलाइएको भेलाले पनि यसको निक्र्यौैल निकाल्न नसकेपछि गाउँपालिका अध्यक्ष हुकुम सिहं राईले यसबारेमा छानविन गर्न तीन सदस्य समिती बनाउन निर्देशन दिनुभयो । वडाध्यक्ष लाल बहादुर विष्टको संयोजकत्वमा छानविन समिती बनाएर १० देखी १२ दिन भित्रमा यसको प्रतिवेदन गाउँपालिकामा पेष गर्न उहाँले निर्देशन दिनु भयो ।

यसपछि वडाध्यक्ष बिष्टले गाउँपालिकाको छानविन समिती बनाउने बिधानलाई प्रयोग गरेर आफुले तत्कालै समिती बनाउने र काम सुरु गरिहाल्ने प्रतिकृया उज्यालो खवरलाई जानकारी दिनु भयो ।

कार्यक्रममा कस्ले के भने ? भन्नेबारेमो भिडियो यहाँ राखीएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp